काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेले एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) बलिङ वरीयतामा श्रीलंकाका स्पिनर वांनिन्दु हसरंगालाई पछि पारेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयता सन्दीपले हसरंगालाई पछि पारेका हुन् ।
बलिङको वरीयतामा पुर्व कप्तान सन्दीप २२ औं स्थानमा यथावत रहँदा हसरंगा ३० औं स्थानमा यथावत रहेका छन् ।
सन्दीपले भारतका चर्चित स्पिनरहरु कुलदिप यादव तथा युजभेन्द्र चहललाई पछि पारेका छन् ।
बलिङ तर्फ नै सोमपाल कामी ६७ औं स्थानमा यथावत रहँदा एक स्थान तल झदै दीपेन्द्र सिंह ऐरी ५४ औं स्थानमा रहेका छन्।
बलर करण केसी ९० औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङ तर्फ भने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल ६७ औं स्थानमा यथावत रहेका छन् । ब्याटिङ तर्फ नै ओपनर ब्याटर आसिफ शेख ७४ औं स्थानमा यथावत रहेका छन् ।
नेपाल भने १४ औं स्थानमा कायमै रहेको छ । नेपाल भन्दा पछाडी नेदरल्यान्ड्स,ओमान,नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् ।