काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल) मा आज बुधबार एक खेल हुदैछ ।
चेन्नाईको घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा दिल्ली क्यापिटल्स तथा चेन्नाई सुपर किंग्सबीच खेल हुदैछ ।खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।
चेन्नाईले पछिल्लो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो । चेन्नाई एघार खेलमा छ जित र चार हार सहित १३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
आजको खेल जितेर चेन्नाई प्लेअफ सम्भावना बलियो बनाउँन चाहन्छ ।
दिल्लीलाई पनि प्लेअफ सम्भावना बलियो बनाउन यस खेलमा जित आवश्यक रहेको छ । दिल्ली दश खेलमा चार जित र छ हारका साथ अंक तालिकाको पुछारमा रहेको छ ।
अघिल्लो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको दिल्ली उच्च मनोबलका साथ मैदान उत्रनेछ ।
यि दुई टोलीबीचको पछिल्लो पाँच भेटमा दिल्ली बलियो देखिएको छ । पाँच खेलमा तीन पटक दिल्ली तथा दुईमा चेन्नाई विजयी भएका छन् ।
यो सिजन दुई टोली पहिलो पटक खेल्दै छन् ।