• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बेंगलोरमाथि मुम्बईको सानदार जित
खेलपाटी संवाददाता
बुधबार, वैशाख २७, २०८० खेलपाटी संवाददाता
बेंगलोरमाथि मुम्बईको सानदार जित

काठमाडौं । सूर्यकुमार यादव र नेहाल वादेराको सानदार साझेदारीमा मुम्बई इन्डियन्सले जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ ।

घरेलु मैदान वांनखडे स्टेडियममा मुम्बईले बेंगलोरमाथी ६ विकेटको सानदार जित दर्ता गरेको हो ।

बेंगलोरले दिएको २ सय रनको लक्ष्य मुम्बईले १६ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । 

मुम्बईको जितमा सूर्यकमार यादव तथा निहाल वादेराले अर्धशतकीय ईनिङ्स खेले । सूर्यले ३५ बलमा ७ चौका र ६ छक्काको सहयोगमा ८३ रनको सानदार ईनिङ खेले ।

तेस्रो विकेटका लागि सूर्यले निहाल वादेरासँग मिलेर ६४ बलमा १ सय ४० रनको सानदार साझेदारी गरे । यही विष्फोटक साझेदारीले नै जितको आधार तय भयो ।

नेहालले ३४ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ५२ रन बनाए ।

मुम्बईका लागि ओपनर इशान किशनले आक्रामक सुरुआत दिलाएका थिए । किशनले २१ बलमा ४ चौका र ४ छक्कासहित ४२ रन जोडे ।

किशनले अर्का ओपनर तथा टोलीका कप्तान रोहित शर्मासँग मिलेर पहिलो विकेटका लागि २८ बलमा ५१ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । कप्तान शर्माले ८ बलमा १ चौकाको सहयोगमा ७ रन बनाए ।

१७ औं ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै नेहालले जित पक्का गरे । क्यामरुन ग्रीन २ रनमा अविजित रहँदा टिम डेभिड शुन्य रनमा पेभिलियन फर्किए ।

बेंगलोरका लागि विजयकुमार बैशाख र वानिंदु हसरंगाले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९९ रन जोड्यो ।

कप्तान फाफ डु प्लेसिस र अलराउन्डर ग्लेन म्याक्सवेलले शतकीय साझेदारी गरेका थिए । उनीहरुले तेस्रो विकेटका लागि ६१ बलमा १ सय २० रनको साझेदारी गरेका थिए ।

कप्तान डु प्लेसिसले ४१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ्स खेले । म्याक्सवेलले ३३ बलमा ८ चौका तथा ४ छक्काको सहयोगमा ६८ अर्धशतकी ईनिङ्स खेले ।

बेंगलोरको सुरुआत भने राम्रो हुन सकेन टोलीका मुख्य ब्याटर विराट कोहलीको पहिलो ओभरमा नै १ रनमा आउट भएका थिए । कोहलीलाई १ रनमै आउट गरेका जेसन बेह्रेनडर्फले अर्को ओभरमा अनुज रावतलाई पनि पेभेलियन फर्काए । 

दिनेश कार्तिकले १८ बलमा ४ चौका र १ छक्कासहित ३० रनको योगदान दिए ।

मुम्बईका लागि जेसन बेह्रेनडर्फले ३ तथा कुमार कार्तिके,क्रिस जोर्डन र क्यामरुन ग्रीनले समान १/१ विकेट लिए । 

यस जितसँगै ११ खेलमा ६ जित र ५ हारसँगै १० टोली सहभागी लिगमा मुम्बई १२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । 

बेंगलोर भने ११ खेलमा ५ जित र ६ हारका साथ अंक तालिकाको सातौं स्थानमा झरेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार
नेपाललाई १८४ रनको विशाल लक्ष्य
नेपाललाई १८४ रनको विशाल लक्ष्य
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
नेपाललाई १७८ रनको लक्ष्य
नेपाललाई १७८ रनको लक्ष्य
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
धैर्य गर्दै ग्वार्डियोला
धैर्य गर्दै ग्वार्डियोला
१००औं हप्ताको शनिबारीय ग्रासरुट कार्यक्रम सकियो
१००औं हप्ताको शनिबारीय ग्रासरुट कार्यक्रम सकियो
बायर्नले जित्यो जर्मन सुपरकप
बायर्नले जित्यो जर्मन सुपरकप
हालान्डको रवाफिलो प्रदर्शन
हालान्डको रवाफिलो प्रदर्शन
बार्सिलोनाको उपाधि यात्रा सुरु
बार्सिलोनाको उपाधि यात्रा सुरु
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP