काठमाडौं । पन्जाब किंग्सले भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल) मा कोलकत्ता नाइट राइडर्सलाई जितका लागि १ सय ८० रनको लक्ष्य दिएको छ ।
कोलकत्ताको घरेलु इडन ग्राडेनमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनायो ।
पन्जाबका लागि कप्तान शिखर धवनले ४७ बलमा ९ चौका र १ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ्स खेले ।

ऋषि धवनले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा १९ रन बनाए ।
जितेश शर्माले १८ बलमा २ छक्काको सहयोगमा २१ रन बनाए । साहरुख खानले ८ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित २१ रन बनाए । लियम लिविङ्स्टोनले ९ बलमा ३ चौकाको सहयोगमा १५ रन बनाए ।
हरप्रित ब्रारले ९ बलमा अविजित १७ रन बनाए । ओपनर प्रभशिमरन सिंहले ८ बलमा ३ चौकाको सहयोगमा १२ रन बनाए । पन्जाबले अन्तिम ओभरमा २१ रन बनाएको थियो ।
कोलकत्ताका लागि वरुण चक्रवतीले ३ तथा हर्षित राणाले २ विकेट लिए । सुयश शर्मा र कप्तान नितिश राणाले समान १/१ विकेट आफ्नो नाममा गरे ।
कोलकत्ताले पछिल्लो खेलमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो । कोलकत्ता दश खेलमा चार जित र छ हारका साथ आठौं स्थानमा रहेको छ ।
आजको खेल जितेर कोलकत्ता प्लेअफ सम्भावना जिवित राख्न चाहन्छ ।
पन्जाबलाई पनि प्लेअफ सम्भावना बलियो बनाउन यस खेलमा जित आवश्यक रहेको छ । पन्जाब दश खेलमा पाँच जित र पाँच हारका साथ अंक तालिकाको सातौं स्थानमा रहेको छ ।
अघिल्लो खेलमा पन्जाब मुम्बई इन्डियन्ससँग पराजित भएको थियो ।
यि दुई टोलीबीचको पछिल्लो पाँच भेटमा पन्जाब बलियो देखिएको छ । पाँच खेलमा तीन पटक पन्जाब तथा दुईमा कोलकत्ता विजयी भएका छन् ।
यो सिजन दुई टोली दोस्रो पटक खेल्दै छन् । यस सिजन दुई टोलीबीचको पहिलो भेटमा पन्जाब डीएलएस मेथडमा ७ रनले विजयी भएको थियो ।