किशन भारतीय टोलीमा

काठमाडौं । आगामी जुनमा इंग्ल्यान्डमा आयोजना हुने विश्व टेस्ट च्यापियनसिप(डब्लुटीसी)को फाइनलमा भारतीय टिममा ओपनर इशान किशन समावेश भएका छन् ।
टोलीका ओपनरका रुपमा समावेश केएल राहुल जारी आइपीएलका क्रममा घाईते भएका थिए ।
राहुलले डब्लुटीसी फाइनल गुमाउने भएपछि उनको स्थानमा किशनलाई टोलीमा समावेश गरिएको हो ।
रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा फिल्डिङका क्रममा राहुलको दाहिने खुट्टाको टेन्डन भाँचिएको थियो ।
भारतले रोहित शर्माको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।
टोलीमा अजिक्या रहाणेले टेस्ट क्रिकेटमा पुनरागमन गरेका छन् ।
डब्लुटीसीको फाइनल आगमी जुन ७ देखि जुन ११ सम्म इंग्ल्यान्डको ओभलमा आयोजना हुनेछ ।
फाइनलमा भारतले अष्ट्रेलियाको सामना गर्नेछ । भारत लिग चरणको उपविजेता र अष्ट्रेलिया विजेता हुदै फाइनलमा स्थान बनाएका हुन् ।
भारतको टोली
रोहित शर्मा (कप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिक्य रहाणे, इशान किशन(विकेटकिपर), केएस भरत (विकेटकिपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद शमी, मोहम्मद सिराज, उमेश यादव, जयदेव उनादकट













