मनाङ र पुलिस बराबरीमा रोकिए
सोमबार, बैशाख २५, २०८०खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले नेपाल पुलिस क्लबसँग बराबरी खेलेको छ ।
एन्फा कम्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा मनाङ र पुलिसले २-२ गोलको बराबरी खेलेका हुन् ।
मनाङका लागि रोशन राना मगरले ३३ औं तथा सइद आजमल डाभोल्टातेजनोले ४४ औं मिनेटमा गोल गरेका थिए ।
पुलिसका लागि अहमद हिजाजीले १६ औं र ७१ औं मिनेटमा गोल गरेका थिए ।
मनाङ १६ खेलबाट २० अंक सहित सातौं स्थानमा कायमै रहेको छ ।
पुलिस १६ खेलमा १६ अंक सहित तालिकाको पुछारमा कायमै रहेको छ ।
मनाङ र पुलिस बराबरीमा रोकिए









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)