काठमाडौं । ओपनर जस बटलरको शतकबाट चुक्दा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपीएल)मा सनराइजर्स हैदराबादलाई २ सय १५ रनको लक्ष्य दिएको छ ।
राजस्थानको घरेलु मैदान सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले २ सय १५ रनको लक्ष्य पाएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १४ रन बनायो ।
राजस्थानका लागि ओपनर जस बटलरले ५९ बलमा १० चौका र ४ छक्काको सहयोगमा ९५ रनको शानदार इनिङ्स खेलेका थिए ।
पहिलो विकेटका लागि यश्सवी जैसवाल र बटलरले ३० बलमा ५४ रनको साझेदारी गरे । जैसवालले १८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ३५ रन बनाए ।
दोस्रो विकेटका लागि कप्तान सन्जु सामसन र बटलरले ८१ बलमा १ सय ३८ रनको सानदार साझेदारी गरे । कप्तान सामसनले ३८ बलमा ४ चौका र ५ छक्काको सहयोगमा अविजित ६६ रनको अर्धशतकीय ईनिङ्स खेले ।
शिमरन हिटमायर ७ रनमा अविजित रहे ।
हैदराबादका लागि भुवनेश्वर कुमार र मार्को यानसनले समान १/१ विकेट लिए ।
राजस्थान १० खेलमा १० अंक जोडेर चौंथो स्थानमा रहेको छ । सनराईजर्स ९ खेलमा ६ अंक जोडेर पुछारमा छ ।