काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल)मा आज शुक्रबार एक खेल हुदैछ ।
राजस्थानको घरेलु मैदान सवाईमान सिंह क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।
गुजरात टाईटन्स पछिल्लो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो । गुजरात नौ खेलमा छ जित र तीन हारका साथ शीर्ष स्थानमा रहेको छ ।
राजस्थान पछिल्लो खेलमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो । राजस्थान नौ खेलमा पाँच जित र चार हारका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
यि दुई टोलीबीच भएको कुल चार खेलमा गुजरात बलियो देखिएको छ । चार खेलमा तीन पटक गुजरात तथा एकमा राजस्थान विजयी भएको छ ।
यो सिजन दुई टोली दोस्रो पटक खेल्दै छन् । यस सिजन दुई टोलीबीचको पहिलो भेटमा राजस्थान ३ विकेटले विजयी भएको थियो ।