बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

बिष्णु मनाङको मुख्य प्रशिक्षक नियुक्त

बिहिबार, बैशाख २१, २०८०खेलपाटी संवाददाता
बिष्णु मनाङको मुख्य प्रशिक्षक नियुक्त
Classic Tech Internet Ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले बिष्णु गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

मनाङले बिहीबार एक विज्ञप्ति निकाल्दै बिष्णुलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

मनाङले दुई सिजनका लागि बिष्णुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

क्लबका अध्यक्ष विजय घले र मुख्य प्रशिक्षक गुरुङबीच बिहीबार औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बिष्णुले बुधबार एफसी खुमलटारको टेक्निकल डिरेक्टरबाट राजीनामा दिएका थिए ।

बिष्णुले हालै यू-१७ राष्ट्रिय महिला टिम सम्हालेका थिए ।

किरण श्रेष्ठले राजीनामा दिएपछि मनाङ मुख्य प्रशिक्षक विहीन रहेको थियो ।

'प्रतिभाशाली युवा प्रशिक्षकको नेतृत्वमा क्लबले आगामी दिन घरेलु र अन्तराष्ट्रिय फुटबलमा राम्रो नतिजा निकाल्ने विश्वास लिएका छौं । गण्डकीलाई आधार बनाएर घरेलु फुटबलमा योगदान गर्ने क्लबको उद्धेश्यमा गुरुङको नियुक्तिले थप टेवा पुग्ने विश्वास छ,' क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मुख्य प्रशिक्षक नियुक्त भएपछि बिष्णुले मनाङको टोली सम्हाल्न पाउँदा खुशी लागेको बताए ।

'यस क्लबबाट खेल्ने सधै धोको रहने गर्दथ्यो । अहिले आएर मुख्य प्रशिक्षकको रुपमा नेतृत्व गर्न पाउँदा खुसी छु । युवा प्रतिभाले भरिएको यति राम्रो टिम निर्माण गरिदिएकोमा किरण श्रेष्ठलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

क्लबका अध्यक्ष विजय घलेले नयाँ प्रशिक्षकको नेतृत्वमा टोलीले सफलता हासिल गर्नेमा आफु विश्वस्त रहेको बताए ।

'घरेलु फुटबललाई विकेन्द्रिकरण गर्दै क्लबलाई व्यवसायीक बनाउने उद्धेश्यमा हामी दृढ छौं । नयाँ प्रशिक्षकको आगमनले क्लबले राष्ट्रिय र अन्तराष्ट्रिय क्लब फुटबलमा थप सफलता हासिल गर्नेमा विश्वस्त छु । मनाङ परिपक्क ढङ्गले घरेलु फुटबलमा पुरानोविरासतलाई माथि उठाउने योजनामा तयार छ,' घलेले भने ।

Bajaj Pulsar Motorcycle Ad
बिष्णु मनाङको मुख्य प्रशिक्षक नियुक्त

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए