काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल) मा आज बिहिबार एक खेल हुदैछ ।
हैदराबादको घरेलु राजिब गान्धी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।
कोलकत्ता पछिल्लो खेलमा गुजरात टाईटन्ससँग पराजित भएको थियो । कोलकत्ता नौ खेलमा तीन जित र छ हारका साथ आठौं स्थानमा रहेको छ ।
हैदराबादले पछिल्लो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो । हैदराबाद ८ खेलमा ३ जित र ५ हारका साथ अंक तालिकाको नवौं स्थानमा रहेको छ ।
यि दुई टोलीबीचको पछिल्लो पाँच भेटमा कोलकत्ता बलियो देखिएको छ । पाँच खेलमा तीन पटक कोलकत्ता तथा दुईमा हैदराबाद विजयी भएको छ ।
यो सिजन दुई टोली दोस्रो पटक खेल्दै छन् । यस सिजन दुई टोलीबीचको पहिलो भेटमा हैदराबाद २३ रनले विजयी भएको थियो ।