काठमाडौं । वेस्ट इन्डिजका जोनसन चार्ल्सले कोलकत्ता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन् ।
कोलकत्ताले सिजनको बाँकी खेलका लागि विकेटकिपर ब्याटर जोनसनलाई अनुबन्ध गरेको छ ।
कोलकत्ताले लिटोन दासको स्थानमा जोनसनलाई अनुबन्ध गरेको हो ।
दासले पारिवारिक कारण देखाएर कोलकत्ता छाडेका थिए ।
दासले यस सिजन कोलकत्ताका लागि मात्र एक खेल खेलेका थिए ।