काठमाडौं। लखनउ सुपर जायन्ट्स तथा चेन्नाई सुपर किंग्सले भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल) को ४५ औं खेल बर्षाका कारण रद्द भएको छ ।
लखनउले घरेलु मैदान ऐकना स्टेडियममा खेलमा चेन्नाईसँगको खेलमा अंक बाडेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर १ सय २५ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।
निरन्तर भारी बर्षा भएसँगै खेल रद्द भएको हो ।
लखनउका लागि आयुष बदोनी ३३ बलमा २ चौका र ४ छक्काको साथमा ५९ रनको अर्धशतकीय ईनिङ खेलिरहँदा खेल रोकिनपुगेको थियो ।
विकेटकिपर `समेत रहेका निकोलस पुरन ३० बलमा २० रन बनाउँदै आउट भए । ओपनर कायल मेर्यसले १७ बलमा १४ तथा अर्का ओपनर मनन बोहोराले ११ बलमा १० रन बनाए ।
केएल राहुलको अनुपस्थितीमा टोलीको कप्तानी गरेका कुर्नाल पान्ड्या शुन्य रनमा आउट भए ।
चेन्नाईका लागि मथिशा पथिराना,महेश थिक्सना र मोईन अलिले समान २/२ तथा रविन्द्र जडेजाले १ विकेट लिए ।
दश खेलमा ५ जित र ४ हारका साथ १० टोली सहभागी लिगमा लखनउ ११ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ ।
दश खेलमा ५ हार र ३ जितका साथ चेन्नाई दोस्रो स्थानमा उक्लिएको छ ।