बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पुछारको दिल्लीसँग हार्यो गुजरात

बुधबार, २० बैशाख २०८०खेलपाटी संवाददाता
पुछारको दिल्लीसँग हार्यो गुजरात
mustang rice ad

काठमाडौं। साबिक बिजेता तथा शीर्ष स्थानको गुजरात टाईटन्स भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल) को ४४ औं खेलमा अंक तालिकाको पुछारमा रहेको दिल्ली क्यापिटल्ससॅंग पराजित भएको छ। 

गुजरातको घरेलु मैदान अहमदाबादमा भएको खेलमा दिल्ली ५ रनले विजयी भएको हो । 

दिल्लीले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको  गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २५ रन मात्र जोड्न सक्यो ।

गुजरातका लागि कप्तान हार्दिक पान्ड्याले ५३ बलमा ७ चौकाको सहयोगमा अविजित ५९ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

अभिनव मनोहरले ३३ बलमा २६ रन बनाए । राहुल तिवातियाले ७ बलमा २० रन बनाए । 

दिल्लीका लागि खलिल अहमद र इशान्त शर्माले समान २/२ तथा एनरिच नोर्किया र कुलदिप यादवले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनायो। 

दिल्लीका लागि अमन खानले ४४ बलमा ३ चौका र ३ छक्काको सहयोग अविजित ५१ रनको अर्धशतकीय इनिङ खेले।

अक्षर पटेलले २७ तथा रिपल पटेलले २३ रन बनाए । 

प्रियम गर्गले १० रन बनाउॅंदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

गुजरातका लागि मोहम्मद सामीले ४ ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए। मोहित शर्माको नाममा २ तथा राशिद खानको नाममा १ विकेट रह्यो ।

नौ खेलमा ६ जित र ३ हारका साथ १० टोली सहभागी लिगमा गुजरात १२ अंक सहित शीर्ष स्थानमा कायमै रहेको छ ।

नौ खेलमा ६ हार र ३ जितका साथ दिल्ली अंक तालिकाको पुछारमा रहेको छ ।

LiNing Ad
पुछारको दिल्लीसँग हार्यो गुजरात

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

Bajaj Pulsar Motorcycle Ad
नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित