विकासले लिगका बाँकी खेल गुमाउने
सोमबार, बैशाख १८, २०८०खेलपाटी संवाददाता

काठमाडौं । त्रिभुवन आर्मी क्लबका डिफेन्डर विकास खवासले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलका बाँकी खेलहरु गुमाउने भएका छन् ।
घुँडाको चोटका कारण डिफेन्डर विकासले लिगका बाँकी खेल गुमाउने आर्मी क्लबले जनाएको छ ।
विकासले पहिलो लेगको १० औं चरणको खेल अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबविरुद्धको खेलमा चोट बोकेका थिए ।
विकासको सोमबार घुँडाको सफल शल्यक्रिया भएको समेत आर्मी क्लबले जनाएको छ ।
विकासको चोटको बीएण्डबी अस्पतालमा सफल शल्यक्रिया भएको हो ।
लिगमा आर्मी १३ खेलमा २० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

विकासले लिगका बाँकी खेल गुमाउने










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)