काठमाडौं । चेन्नाई सुपर किंग्सलाई हराउँदै पन्जाब किंग्सले भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल)मा रोमान्चक जित हात पारेको छ ।
चेन्नाईको घरेलु मैदान एम ए चिदम्बरम स्टेडियममा आईतबार भएको खेलमा ४ विकेटले विजयी भएको हो ।
चेन्नाईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको पन्जाबले २० औं ओभरको अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
पन्जाबका लागि ओपनर प्रभसिमरन सिंहले २४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४२ रन बनाए । लियम लिविङ्गस्टोनले २४ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४० रन बनाए ।
साम करनले २० बलमा १ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए । लियम र करनले चौथो विकेटका लागि ३३ बलमा ५७ रनको सानदार साझेदारी गरे ।
कप्तान शिखर धवनले १५ बलमा ४ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए । जितेश शर्माले १० बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए ।
सिकन्दर राजाले ७ बलमा १३ रन बनाउँदै अविजित रहे । पन्जाबलाई अन्तिम ओभरमा ९ रनको आवश्यकता थियो । बलिङमा मथिशा पथिराना आएकोमा पहिलो बलमा सिकन्दर राजाले १ रन लिएका थिए ।
दोस्रो बलमा साहरुख खानले १ रन बनाएका थिए । तेस्रो बलमा सिकन्दर राजाले डट खेले । चौथो बलमा राजाले २ रन लिए । पाँचौ बलमा राजाले पुन २ रन लिए छैटौं बलमा राजाले तीन रन लिए सँगै जित निश्चित गरे ।
चेन्नाईका लागि तुसार देशपान्डेले ३ तथा रविन्द्र जडेजाले २ विकेट लिए । मथिशा पथिरानाले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय रन बनाएको थियो ।
चेन्नाईका ओपनर डेभोन कन्वेले ५२ बलमा १६ चौका र १ छक्काको सहयोगमा ९२ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर ऋतुराज गायकवाडले ३१ ४ चौका र १ छक्काको सहयोगमा ३७ रन बनाए । पहिलो विकेटका लागि ओपनरद्वयले ५८ बलमा ८६ रनको साझेदारी गरेका थिए ।
शिभम दुवेले १७ बलमा १ चौका र २ छक्काको सहयोगमा २८ रन बनाए । दुवे र कन्वेले दोस्रो विकेटका लागि २६ बलमा ४४ रनको साझेदारी गरेका थिए ।
अन्तिम ओभरमा मैदानमा आएका कप्तान महेन्द्र सिंह धोनीले अन्तिम दुई बलमा २ छक्का सहित ४ बलमा १३ रन बनाए ।
पन्जाबका लागि सिकन्दर राजा,साम करन,अर्शदिप सिंह र राहुल चहरले समान १/१ विकेट लिए ।
नौ खेलमा पाँच जित र चार हारका साथ १० टोली सहभागी प्रतियोगितामा पन्जाब पाँचौ स्थानमा उक्लिएको छ ।
चेन्नाई नौ खेलमा पाँच जित र चार हारका साथ चौथो स्थानमा कायमै रहेको छ ।