काठमाडौं । काठमाडौंमा जारी रहेको एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि जारी खेलमा कुवेत १ सय ३० रनमा अलआउट भएका छन् ।
टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले ३१ दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ३० रन मात्र बनायो ।
कुवेतका लागि ओपनर आदनान इद्रिसले ४८ बलमा ३४ रन बनाउँदा सईद मुनिबले १० बलमा २८ रन बनाए ।
यासिन पटेलले १७ रन बनाए । राजिब सान्दारुवान र कप्तान मोहम्मद अस्लामले समान १२/१२ रन बनाए ।
ओमानका लागि जय ओडिडराले ५ दशमलब ३ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिए ।
बिलाल खानले २ तथा आयान खान,जिशान मक्शुद र जतिन्दर सिंहले समान १/१ विकेट लिए ।
आजको खेलको विजेता टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउने छ ।
इमर्जिङ कपमा प्रिमियर कपका शीर्ष तीन टोलीले स्थान बनाउनेमा फाइनलमा स्थान बनाएका नेपाल र युएई छनोट भइसकेका छन् ।