काठमाडौं । बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रथम बुटवल मेयर कप टी–२० क्रिकेट प्रतियोगिता आयोजमा हुने भएको छ ।
नरैनापुर क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगिता वैशाख १८ देखि २२ गतेसम्म हुनेछ ।
प्रतियोगितामा रुपन्देही जिल्ला भित्रका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, सिद्दार्थनगर नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका गरी ६ टिमको सहभागिता रहनेछ ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको उपाधि विजेताले ५० हजार तथा उपविजेताले २५ हजार पाउने छन् ।
व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ सय र म्यान अफ दि म्याचलाई पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।