काठमाडौं । सनराईजर्स हैदराबादले भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल)मा दिल्ली क्यापिटल्सलाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।
दिल्लीको घरेलु अरुण जेट्ली क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो ।
हैदराबादका लागि ओपनर अभिषेक शर्माले ३६ बलमा १२ चौका र १ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । हेनरिक क्लेसनले २७ बलमा २ चौका र ४ छक्काको सहयोगमा अविजित ५३ रन बनाए ।
अब्दुल समादले २१ बलमा १ चौका र २ छक्काको सहयोगमा २८ रन बनाए । समाद र क्लेसनले छैटौं विकेटका लागि ३३ बलमा ५३ रनको साझेदारी गरे ।
अकिल होसेनले १० बलमा १६ रन बनाउँदै अविजित रहे । सातौं विकेटका लागि क्लेसज र होसेनले १८ बलमा अविजित ३५ रनको साझेदारी गरे ।
दिल्लीका लागि मिचेल मार्शले ४ ओभरमा २७ रन खर्चिएर ४ विकेट लिए । इशान्त शर्मा र अक्षर पटेलले समान १/१ विकेट लिए ।