संकटा र जावलाखेलबीचको खेल स्थगित, बाँकी खेल भोलि
शनिबार, बैशाख १६, २०८०खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल स्थगित भएको छ ।
च्यासल खेल मैदानमा जारी खेल भारी वर्षा र चट्याङको कारण स्थगित भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले संकटा र जावलाखेलबीचको बाँकी समयको खेल आइतबार हुने जनाएको छ । खेल दिउँसो साढे १ बजे एन्फा कप्लेक्समा सुरु हुनेछ ।
संकटाविरुद्ध जावलाखेल १-० ले अघि रहेको छ । यस खेल ५१ औं मिनेटमा रोकिएको थियो।
फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए ।
संकटा र जावलाखेलबीचको खेल स्थगितबाँकी खेल भोलि










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)