काठमाडौं । एसीसी प्रिमियर कप पुरुष क्रिकेटको फाइनलमा नेपालले युएईसँग खेल्ने भएको छ ।
नेपाल र युएईबीचको फाइनल खेल सोमबार हुनेछ । फाइनल टियु मैदानमा हुनेछ ।
यस्तै ओमान र कुवेतबीच तेस्रो स्थानको लागि आइतबार खेल हुनेछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएसँगै नेपाल फाइनल पुगेको हो ।
भारी वर्षाको कारण नेपाल र कुवेतबीचको खेल रद्द भएको हो । खेल रद्द भएपछि नेपाल समूह विजेताको रुपमा फाइनल पुगेको हो ।
यता, मुलपानी क्रिकेट मैदानमा युएईले ओमानलाई डीएल पद्दतिको आधारमा २ रनले हराएर फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।
प्रतियोगिताको उपाधि विजेता एसिया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।