'ए' डिभिजन लिग : वर्षाको कारण रंगशाला र च्यासलको खेल रोकियो
शनिबार, बैशाख १६, २०८०खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत अहिले जारी दुई खेल वर्षा र चट्याङको कारण रोकिएको छ ।
लिग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र च्यासल मैदानमा जारी खेल रोकिएको हो । दुबै खेल भारी वर्षाको कारण रोकिएको हो।
दशरथ रंगशालामा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको थियो । खेलको ७१ औं मिनेटमा खेल रोकिएको हो । हिमालयन र आर्मी १-१ गोलको बराबरीमा रहेको छ ।
च्यासल मैदानमा संकटा क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको थियो । संकटाविरुद्ध जावलाखेल १-० ले अघि रहेको छ । यस खेल ५१ औं मिनेटमा रोकिएको हो ।
'ए' डिभिजन लिग : वर्षाको कारण रंगशाला र च्यासलको खेल रोकियो










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)