काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएको खेल पुन सुरु हुने भएको छ ।
टियु मैदानमा जारी खेलमा वर्षाका कारण रोकिएको थियो । खेल १ बजेबाट सुरु हुनेछ । खेल ४२ ओभरमा छोट्याईएको छ ।
पहिला ब्याटिङ गरिरहेको नेपालले २३ दशमलब २ ओभरमा ३ विकेट गुमाएर १ सय ४१ रन बनाएको पछि पानी परेको थियो ।
नेपालका ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए भने अर्का आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन बनाएर आउट भए ।
अहिले कप्तान रोहित पौडेल र कुशल मल्लले नेपालको लागि क्रिजमा रहेका छन् ।
पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर अविजित रहेका छन् ।