नेपालको मध्यम सुरुआत
शनिबार, बैशाख १६, २०८०खेलपाटी संवाददाता

काठमाडौं । राजधानीमा जारी रहेको एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले मध्यम सुरुआत गरेको छ ।
पहिलो सेमिफाइनल खेलमा कुवेत विरुद्ध टस हारेर ब्याटिङ गरिरहेको नेपालले २० ओभरको समाप्तीमा १ सय २३ रन बनाउँदा ३ विकेट गुमाएको छ ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ३९ बलमा ४३ रन बनाएर आउट भए । अर्का ओपनर आसिफ शेखले २८ बलमा ३१ रन बनाए । भीम सार्की १ रनमा आउट भएका थिए ।
क्रिजमा अहिले कप्तान रोहित पौडेल र कुशल मल्ल रहेका छन् । कप्तान पौडेल २३ रनमा र मल्ल २२ रनमा अविजित रहेका छन् ।
नेपालको मध्यम सुरुआत
















-1762660030983.webp&w=3840&q=75)