काठमाडौं । आज शनिबार मुलपानी क्रिकेट मैदानले एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) खेलमा डेब्यु गर्दैछ ।
राजधानीमा जारी एसीसी प्रिमियर कपमा दुई ओडिआई मान्यता प्राप्त देश ओमान र युएईबीच सेमिफाइनल खेलमा शनिबार मुलपानीमा हुदैछ । यस खेलमा मुलपानीमा हुन पहिलो ओडिआई खेल हो ।
मुलपानी ओडिआई मान्यता पाउने नेपालको दोस्रो मैदान रहेको छ । नेपालको पहिलो ओडिआई मान्यता टियु मैदानले पाएको थियो ।
यसै प्रतियोगितामा सिंगापुर र हङकङबीच मुलपानीमा पहिलो अन्तर्राष्ट्रिय खेल भएको थियो ।
एसीसी प्रिमियर कपमा समूह चरणका १० खेल मुलपानीमा सम्पन्न हुनुपर्नेमा नेपाल र साउदी अरेवियाबीचको खेल भने वर्षाको कारण हुन सकेको थिएन । मुलपानी ओडिआई मान्यता पाउने विश्वको २ सय १६ औं मैदान रहेको छ ।
आज नै हुने अकों सेमिफाइनलमा नेपाल र कुवेतबीच खेल हुनेछ । दुई सेमिफाइनलका विजेताबीच सोमबार फाइनल खेल रहेको छ ।
फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।