काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा आज शनिबार कुवेतसँग खेल्दैछ ।
खेल बिहान ९ बजेबाट टियु क्रिकेट मैदानमा कीर्तिपुरमा हुनेछ । नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने लक्ष्यका साथ मैदान उत्रनेछ । कुवेत पनि सोहि लक्ष्यमा रहनेछ ।
नेपालले यस खेलमा आफ्नो बलियो प्लेईङ-११ मैदान उत्रन चाहन्छ ।
कतारसँगको खेलमा रहेको प्लेइङ–११ बाट नेपालले टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ । नेपालले गुलशन झाको स्थानमा करण केसीलाई मौका दिने सम्भावना देखिन्छ ।
त्यसैले कुवेतविरुद्ध करणले मौका पाउने सम्भावना देखिन्छ । नेपालको ओपनरमा आसिफ शेख र कुशल भुर्तेल हुनेछन् । पछिल्ला केही खेलमा नेपालका ओपनरले राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।
तेस्रो नम्बरमा भीम सार्की खेल्नेछन् । निरन्तर राम्रो प्रदर्शन गर्दै आएका भीमबाट टिमलाई ठूलो आशा रहने छ । चौथो नम्बरमा कप्तान रोहित पौडेल, पाँचौं नम्बरमा कुशल मल्ल र छैटौं नम्बरमा आरिफ शेख हुनेछन् ।
सातौंमा दीपेन्द्रसिंह ऐरी र आठौंमा नम्बरमा सोमपाल कामीले मौका पाउने सम्भावना रहेको छ । नवौं स्थानमा करण केसी र दशौं नम्बरमा सन्दीप लामिछानेले मौका पाउने सम्भावना रहेको छ । ललितनारायण राजवंशीले ११ नम्बरमा मौका पाउने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेइङ-११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर) , कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललितनारायण राजवंशी