सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

सेमिफाइनल पुग्न साउदीलाई ३६७ रनको लक्ष्य

बुधबार, १३ बैशाख २०८०खेलपाटी संवाददाता
सेमिफाइनल पुग्न साउदीलाई ३६७ रनको लक्ष्य
Loading ad...
mustang rice ad

काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा सेमिफाइनल प्रवेशका लागि साउदी अरेबियाले ३ सय ६७ रनको लक्ष्य पाएको छ । 

टियु मैदान कीर्तिपुरमा समूह 'ए' का साउदी अरेबिया र ओमानबीच खेल जारी रहेको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रन बनायो । 

ओमानका लागि शिर्ष पाँचका ब्याटरले अर्धशतक बनाएका थिए । मोहम्मद नदिम,जिशान मक्शुद,कश्यप प्रजापती,सोयब खान र जतिन्दर सिंहले अर्धशतकीय ईनिङ खेले । 

सिंहले ७९ बलमा ११ चौका र २ छक्काको सहयोगमा ८८ रन बनाए । खानले ७० बलमा ८ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । 

प्रजापतीले ५३ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए । मक्शुदले ४९ बलमा ५४ रन बनाए । पहिलो विकेटका लागि सिंह र प्रजापतीले १ सय २५ रनको साझेदारी गरेका थिए ।

नदिमले ३८ बलमा ६ चौका र ४ छक्काको साथमा अविजित ७१ रन बनाए । आयान खान १२ रनमा अविजित रहे ।

साउदी अरेबियाका लागि अतिफ उर रेहमानले ३ तथा अब्दुल वाहिदले २ विकेट लिए । अब्दुल वाइद १ विकेट लिए । 

यस खेलमा जित हात पार्ने टोली नै सेमिफाइनल प्रवेश गर्ने हुँदा दुवैका लागि यो खेल महत्वपुर्ण रहेको छ ।

यस समूहबाट नेपाल सेमिफाइनल प्रवेश गरिसकेको छ भने साउदी अरेविया र ओमान मध्य एक टोली सेमिफाइन प्रवेश गर्नेछ ।

वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ । 

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । 

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।

फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । 

यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

Loading ad...
LiNing Ad
सेमिफाइनल पुग्न साउदीलाई ३६७ रनको लक्ष्य

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन