बिहिबार, २८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

तृषा र सुमेश पहिलो

सोमबार, ११ बैशाख २०८०खेलपाटी संवाददाता
तृषा र सुमेश पहिलो
Loading ad...
mustang rice ad

पोखरा  । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय टेबल टेनिस प्रतियोगितामा वडा नम्बर ९ को टोलीले वर्चस्व कायम गरेको छ ।

४ विधामा प्रथम, द्वितीय र तृतीय भएका १६ खेलाडीमध्ये ५ जना पोखरा–९ का छन् ।

महिला सिंगल्समा वडा नम्बर ९ की तृषा गुरूङ प्रथम, वडा नम्बर ९ कै मुना थापा द्वितीय, वडा नम्बर ७ की पद्मा थापा र वडा नम्बर ४ की सिजल बानियाँ तृतीय भए ।

महिला डबल्समा वडा नम्बर ९ कै तृषा र मुनाको जोडी प्रथम, वडा नम्बर ४ का सक्रिया पोखरेल र सिजल बानियाँ द्वितीय भएको आयोजकले जनाएको छ ।

वडा नम्बर ७ का पद्मा थापा र सानिया श्रेष्ठ, वडा नम्बर २३ का एलिना श्रेष्ठ र राजश्री अधिकारीको जोडी तृतीय भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।

पुरूष सिंगल्समा वडा नम्बर ९ का सुमेश लामा प्रथम, वडा नम्बर १७ का किसन जिसी द्वितीय, वडा नम्बर १५ का रूपबहादुर गुरूङ र वडा नम्बर १७ का प्रितम गुरूङ तृतीय भए ।

पुरूष डबल्समा वडा नम्बर १७ का किसन जिसी र प्रितम गुरूङको जोडी प्रथम, वडा नम्बर १५ का दीपकराज गिरि र रूपबहादुर गुरूङ द्वितीय हुन सफल भए ।

वडा नम्बर १४ का नवीन गुरूङ र दिपनिशान शाही, वडा नम्बर ९ का सुमेश लामा र अनुश कुँवरको टोली तृतीय भएको कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष एवं खेल संयोजक उत्तम जोशीले जानकारी दिए ।

महिला सिंगल्स, महिला डबल्स, पुरूष सिंगल्स र डबल्स गरेर आइतबार र सोमबार चार विधामा भएको प्रतियोगितामा १७ वटा वडाका ४९ जना खेलाडी सहभागी थिए । कास्की जिल्ला टेबल टेनिस संघको व्यवस्थापनमा भएको प्रतियोगितामा ३७ पुरूष र १२ महिलाले प्रतिस्पर्धा गरेका थिए । 

प्रतियोगितामा सिंगलतर्फ प्रथम हुनेले मेडल, प्रमाणपत्रसहित ५ हजार रूपैयाँ, द्वितीय हुनेले २ हजार ५ सय रूपैयाँ र तृतीय हुने दुई जनाले १ हजार २५० रूपैयाँ पाए । डबल्सतर्फ पनि मेडल, प्रमाणपत्रसहित प्रथम हुनेले ७ हजार रूपैयाँ, द्वितीय हुनेले ३ हजार ५ सय रूपैयाँ र तृतीय हुने दुई जनाले १ हजार ७५० रूपैयाँ प्राप्त गरे । पुरूषतर्फ वडा नम्बर ४ का अविशेष गौचन र महिलातर्फ सोही वडाकी सिजल बानियाँ उदयीमान खेलाडी घोषित भए ।

विजेतालाई पोखरा महानगरपालिकाका कार्यबहाक मेयर मोतिलाल तिम्सिना, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, खेलकुद विकास समिति अध्यक्ष दीपक गोदार, कास्की जिल्ला टेबल टेनिस संघ अध्यक्ष उत्तम जोशीलगायतले पुरस्कार वितरण गरेका थिए ।

Loading ad...
LiNing Ad
तृषा र सुमेश पहिलो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
२७ चैतदेखि ११औं ओसन कप

२७ चैतदेखि ११औं ओसन कप

जोगियो सातदोबाटो

जोगियो सातदोबाटो

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

वाल्करले लिए सन्न्यास

वाल्करले लिए सन्न्यास

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत