काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल) मा आज सोमबार एक खेल हुदैछ ।
हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।
आजको खेलमा अंक तालिकाको पुछारको टोली दिल्ली क्यापिटल्स र पुछारबाट दोस्रो स्थानको सनराईजर्स हैदराबादबीच खेल हुदैछ ।
लगातार पाँच खेलमा हारपश्चात प्राप्त जितको लय दिल्ली कायम राख्न चाहन्छ ।
हैदराबाद हारको शृंखला समाप्त गर्न चाहन्छ । दिल्ली र हैदराबादबीचको पछिल्लो पाँच भेटमा दिल्ली बलियो रहेको छ ।
चार खेलमा दिल्ली र एकमा हैदराबाद विजयी भएका थिए । दिल्लीले एक खेल भने सुपर ओभरमा जितेको थियो ।