काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेलमा ढिलाई भएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल र साउदीबीचको खेल बिहान ९ बजे सुरु हुनुपर्ने थियो । तर, वर्षाको कारण अझै खेलको टस समेत भएको छैन ।
उपाधि दाबेदार नेपाल आज साउदीलाई हराएर एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउँन चाहन्छ ।
साउदी पनि नेपाललाई हराएर सेमिफाइनल सम्भावना बलियो बनाउने योजनामा छ ।

नेपाल र साउदीबीच अहिलेसम्म एक खेल भएकोमा नेपाल अपराजित रहेको छ ।
नेपाल र साउदीबीचको एक मात्र भेट २०१२ मा युएईमा आयोजना भएको एसीसी ट्रफि एलिटमा भएको थियो ।
यो खेल नेपालले ९ विकेटले जितेको थियो । प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् ।
फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।