• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कोलकत्तालाई हराउदै चेन्नाई शीर्ष स्थानमा
खेलपाटी संवाददाता
आइतबार, वैशाख १०, २०८० खेलपाटी संवाददाता
कोलकत्तालाई हराउदै चेन्नाई शीर्ष स्थानमा

काठमाडौं । चार पटकको च्याम्पियन चेन्नाई सुपर किंग्स भारतमा जारी रहेको ईन्डियन प्रिमियर लिग(आईपीएल)को ३३ औं खेलमा कोलकत्ता नाईट राईडर्सलाई हराउदै शीर्ष स्थानमा उक्लिएको छ ।

कोलकत्ताको घरेलु मैदान ईडन गार्डेनमा भएको खेलमा चेन्नाईले कोलकत्तालाई ४९ रनले हराएको हो । 

चेन्नाईले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन मात्र बनायो । 

कोलकत्ताका लागि जेसन रोय र रिंकु सिंहले अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । 

रोयले २६ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय ईनिङ खेले । सिंहले ३३ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ५३ रन बनाए । 

पाँचौ विकेटका लागि रोय र सिंहले ३७ बलमा ६५ रनको साझेदारी गरे । 

कप्तान नितिश राणाले २० बलमा ४ चौका र १ छक्काको सहयोगमा २७ रन बनाउँदा वेंकटेस अय्यरले २० बलमा २० रन बनाए । 

चेन्नाईका लागि महेश थिक्सना र तुशार देशपान्डेले समान २/२ तथा मधिसा पथिराना,रविन्द्र जडेजा ,मोईन अलि र आकाश सिंहले समान १/१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनायो । 

चेन्नाईका लागि ओपनर डेभोन कन्वे,अजिक्या रहाणे र शिभम दुवेले अर्धशतकीय ईनिङ खेले । 

कन्वेले ४० बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए । पहिलो विकेटका लागि कन्वे र ऋतुराज गायकवाडले ४५ बलमा ७३ रनको साझेदारी गरे । 

ऋतुराज गायकवाडले २० बलमा २ चौका र ३ छक्काको सहयोगमा ३५ रन बनाए । अजिक्या रहाणेले २९ बलमा ६ चौका र ५ छक्का सहयोगमा अविजित ७१ रन बनाए ।

दुवेले २१ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५० रन बनाए । दुवे र रहाणेले तेस्रो विकेटका लागि ३२ बलमा ८५ रनको साझेदारी गरे । रविन्द्र जडेजा ८ बलमा १८ रन बनाएर आउट भए ।

कोलकत्ताका लागि कुलवन्त खेजरोलीया २ तथा वरुण चक्रवर्ती र सुयश शर्माले समान १/१ विकेट लिए । 

सातौं खेलमा पाँच जित र दुई हारका साथ चेन्नाई १० टोली सहभागी यस लिगको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नाईको यो लगातार तेस्रो जित हो ।

सात खेलमा पाँच हार र दुई जितका साथ कोलकत्ता आठौं स्थानमा रहेको छ । कोलकत्ताको यो लगातार चौथो हार हो। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अस्ट्रेलिया पुग्यो नेपाली टोली
अस्ट्रेलिया पुग्यो नेपाली टोली
यी माध्यमबाट प्रत्यक्ष हेर्न सकिन्छ टप एन्ड टी–२० सिरिज
यी माध्यमबाट प्रत्यक्ष हेर्न सकिन्छ टप एन्ड टी–२० सिरिज
जर्मनीको कोलोनमा चन्द्र सूर्य कप क्रिकेट हुने
जर्मनीको कोलोनमा चन्द्र सूर्य कप क्रिकेट हुने
नेपालको ओडिआइ वरीयता यथावत्
नेपालको ओडिआइ वरीयता यथावत्
रोहित र विराटले एकदिवसीयबाट पनि सन्न्यास लिने सम्भावना
रोहित र विराटले एकदिवसीयबाट पनि सन्न्यास लिने सम्भावना
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टोटनह्यामलाई हराउँदै पीएसजीले जित्यो पाँचौं उपाधि
टोटनह्यामलाई हराउँदै पीएसजीले जित्यो पाँचौं उपाधि
अन्तिम मिनेटमा सम्हालिन नसक्दा इटहरी सेमिफाइनलबाट बाहिरियो
अन्तिम मिनेटमा सम्हालिन नसक्दा इटहरी सेमिफाइनलबाट बाहिरियो
यु–१७ टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी
यु–१७ टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी
एन्फा अध्यक्षविरुद्ध दायर अवहेलनाको मुद्दा खारेज
एन्फा अध्यक्षविरुद्ध दायर अवहेलनाको मुद्दा खारेज
नेपाल ओलम्पिक कमिटीको विवाद : खेलभन्दा बढी राजनीति
नेपाल ओलम्पिक कमिटीको विवाद : खेलभन्दा बढी राजनीति
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP