पिवाइसी बिबिए कप टी-ट्वान्टी क्रिकेट हुने

काठमाडौं । पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।
उक्त प्रतियोगिता आगामी वैशाखको १३ देखि २२ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो ।
त्रिभुवन विश्वविद्यालय(टियु) को सम्बन्धन प्राप्त २० वटा बिबिए कलेजहरूले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्ने प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी पाएको म्यान क्यान डुका म्यानेजर सुनील थापाले जानकारी दिए ।
उक्त प्रतियोगिताको खेलहरू पुलचोक इन्जिनियरिङ क्याम्पसमा आयोजना हुनेछन् । नकआउटका आधारमा हुने प्रतियोगिता दश दिनसम्म चल्नेछ । पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले सबै सहभागी कलेजले उत्कृष्ट तवरले अनुशासनमा रहेर प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गरे ।
विगत एक दशक देखि नियमित आयोजना हुँदै आएको प्रतियोगितालाई यस पटक ‘म्यान क्यान डु’ प्रालिले व्यवस्थापन गर्नेछ । प्रतियोगिताको विजेताले ट्रफीका साथै ९० हजार रुपैयाँ तथा उपविजेताले ४० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् । उत्कृष्ट ब्याटर र बलरले समान पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्लेयर अफ दी म्याचलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको समूह ‘ए’ र समूह ‘बी’ समान १० कलेजले प्रतिस्पर्धा गर्नेछन् ।
दुवै समूहमा नकआउट प्रतिस्पर्धा हुनेछन् । समूह ‘ए’ मा नकआउटमार्पmत विजेता टोलीले समूह ‘बी’ को विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा पब्लिक युथ क्याम्पसले चितवनको वीरेन्द्र बहुमुखी क्याम्पससँग, पाटन बहुमुखी क्याम्पसले आइएमएस कलेजसँग, विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले शंकरदेव क्याम्पससँग, पिपुल्स क्याम्पसले नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पससँग, काठमाडौंको क्याम्पियन कलेजले काठफोर्ड कलेजसँग प्रतिस्पर्धा गर्नेछन् ।
समूह ‘बी’ तर्पm कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इनफरमेसन टेक्नोलोजी (केसिएमआइटी) ले नेपाल कमर्स क्याम्पससँग, युनिभर्सल कलेजले पोखराको जनप्रिय बहुमुखी क्याम्पससँग, के एन्ड के कलेजले भत्तपुर बहुमुखी क्याम्पससँग, सैनिक आवासीय महाविद्यालयले काठमाडौं मोडल कलेजसँग र सरस्वती बहुमुखी क्याम्पसले किस्ट कलेजसँग खेल्नेछन् । एउटा टोलीमा १५ खेलाडी राख्न पाउने आयोजकले जनाएको छ ।
व्यवस्थापकीय जिम्मेवारी पाएको ‘म्यान क्यान डु’ का म्यानेजर सुनील थापाले मूलपानी क्रिकेट मैदानमा आयोजना गर्ने गरी प्रतियोगिताको तयारी गरिए पनि नेपालमा जारी एसिसी प्रिमियर कपमा सहभागी राष्ट्रको अभ्यास गर्नुपर्ने भएकाले अन्तिम समयमा पुलचोकमा आयोजना सार्नु परेको बताए । पब्लिक युथ पछिल्ला तीन संस्करणको विजेता टोली हो ।






-1774509889599.jpeg&w=3840&q=75)
-1774437287189.jpg&w=3840&q=75)






-1774491612727.webp&w=3840&q=75)