• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सुदुरपश्चिमको विजयी सुरुआत
खेलपाटी संवाददाता
आइतबार, वैशाख १०, २०८० खेलपाटी संवाददाता
सुदुरपश्चिमको विजयी सुरुआत

कैलाली । कैलालीको धनगढीमा सुदुरपश्चिम मुख्यमन्त्री यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सात प्रदेशको सहभागीता रहेको प्रतियोगिता आइतबारबाट सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेश विजयी भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशलाई ९७ रनले हराएर प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

सुदुरपश्चिम प्रदेशका कप्तान नरेन भट्टको कप्तानी पारीको मदत्तले सुदुुरपश्चिमले पहिलो खेलमा सानदार जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले निर्धारित ३० ओभरमा ९ विकेटको क्षतिमा एक सय ४७ रन बनायो । कप्तान नरेन भट्टले अर्धशतकीय पारी खेले । उनी ६६ बलमा ७१ रनमा अविजित रहे । सुदुरपश्चिमका लागि रिक्तीक थापाले १८, रविन भण्डारी र आशिष बलायरले १२÷१२ रन तथा युवराज खत्रीले ११ रन बनाए । कर्णाली प्रेशका लागि दिप पौडेल र आदित्य विक्रम शाहले तीन तीन विकेट लिए ।

एक सय ४८ रनको विजय लक्ष्य पछ्याएर मैदान उत्र्रिएको कर्णाली प्रदेशले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ५० रन मात्रै बनाउन सक्यो । यसका लागि आदित्य विक्रम शाहले २० रन बनाए । अन्य खेलाडीहरुले दोहोरो रन अंक छुन सकेनन् । सुदुरपश्चिम प्रदेशका भुपेश जोशी, अशोक धामी र सचिन मल्लले तीन तीन विकेट लिए । विक्रम साउँदले एक विकेट लिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुदुरपश्चिम प्रदेशका कप्तान नरेन भट्ट म्यान अफ द म्याच भए । उनले नगद दुई हजार सहित ट्रफी पाए ।

प्रतियोगिता अन्तर्गत भोली दुई खेल हुनेछन् । लुम्बिनी प्रदेश र मधेश प्रदेशले पहिलो तथा बागमति प्रदेश र गण्डकी प्रदेशले दोस्रो खेल खेल्नेछन् । सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिता बैशाख १७ गतेसम्म सञ्चालन हुनेछ । यसअघि प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन् ।

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगिताको आयोजना गरेको हो ।

एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ । सोही प्रतियोगितामा नेपाली टोली पनि सहभागी हुने नेपाल क्रिकेट संघले जनाएको छ ।

यसै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने २४ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेर त्यसबाट उत्कृष्ट १४ जनालाई १६ बर्ष मुनिको नेपाली राष्टिय पुरुष क्रिकेट टोली बनाईने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अस्ट्रेलिया पुग्यो नेपाली टोली
अस्ट्रेलिया पुग्यो नेपाली टोली
यी माध्यमबाट प्रत्यक्ष हेर्न सकिन्छ टप एन्ड टी–२० सिरिज
यी माध्यमबाट प्रत्यक्ष हेर्न सकिन्छ टप एन्ड टी–२० सिरिज
जर्मनीको कोलोनमा चन्द्र सूर्य कप क्रिकेट हुने
जर्मनीको कोलोनमा चन्द्र सूर्य कप क्रिकेट हुने
नेपालको ओडिआइ वरीयता यथावत्
नेपालको ओडिआइ वरीयता यथावत्
रोहित र विराटले एकदिवसीयबाट पनि सन्न्यास लिने सम्भावना
रोहित र विराटले एकदिवसीयबाट पनि सन्न्यास लिने सम्भावना
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टोटनह्यामलाई हराउँदै पीएसजीले जित्यो पाँचौं उपाधि
टोटनह्यामलाई हराउँदै पीएसजीले जित्यो पाँचौं उपाधि
अन्तिम मिनेटमा सम्हालिन नसक्दा इटहरी सेमिफाइनलबाट बाहिरियो
अन्तिम मिनेटमा सम्हालिन नसक्दा इटहरी सेमिफाइनलबाट बाहिरियो
यु–१७ टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी
यु–१७ टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी
एन्फा अध्यक्षविरुद्ध दायर अवहेलनाको मुद्दा खारेज
एन्फा अध्यक्षविरुद्ध दायर अवहेलनाको मुद्दा खारेज
नेपाल ओलम्पिक कमिटीको विवाद : खेलभन्दा बढी राजनीति
नेपाल ओलम्पिक कमिटीको विवाद : खेलभन्दा बढी राजनीति
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP