काठमाडौं । एसियाली क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपको आफ्नो तेस्रो खेलमा भोली सोमबार नेपालले साउदी अरेवियासँग खेल्दैछ ।
मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान नौ बजेबाट सुरु हुनेछ ।
नेपाल र साउदी अरेवियाबीच अहिले सम्म एक खेल भएकोमा नेपाल अपराजित रहेको छ ।
नेपाल र साउदीबीचको एक मात्र भेट २०१२ मा युएईमा आयोजना भएको एसीसी ट्रफि एलिटमा भएको थियो ।
यो खेल नेपालले ९ विकेटले जितेको थियो ।
अबुधाबीको शेख जायद क्रिकेट स्टेडियममा भएको उक्त खेलमा बसन्त रेग्मी र पारस खड्काले समान ३/३ विकेट लिएका थिए ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले २३ बलमा ६१ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।