बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

वृत्य र वासिमको सानदार शतकमा सिंगापुरलाई ४७२ रनको लक्ष्य 

आइतबार, १० बैशाख २०८०खेलपाटी संवाददाता
वृत्य र वासिमको सानदार शतकमा सिंगापुरलाई ४७२ रनको लक्ष्य 
Loading ad...
mustang rice ad

काठमाडौं । युएईका ओपनर तथा कप्तान मुहम्मद वासिम र वृत्य अरबिन्दको सानदार शतकको सहयोगमा युएईले सिंगापरलाई रनको लक्ष्य दिएको छ । 

टियु मैदान कीर्तिपुरमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा युएईले ४ सय ७१ रन बनाएको हो ।  

टस जितेर पहिले ब्याटिङ गरेको युएई अन्तिम बलमा अलआउट हुदै ४ सय ७१ रन बनाएको हो । 

युएईका लागि कप्तान तथा ओपनर मुहम्मद वासिम र वृत्य अरबिन्दले शतकीय ईनिङ खेले । 

वासिमले ८२ बलमा ९ चौका र १६ छक्काको सहयोगमा १ सय ६० रन बनाए । वासिमले ८२ बलमा आफ्नो शतक पूरा गरेका थिए । 

शतक बनाएको १७ बल पछि उनले १ सय ५० रन पूरा गरेका थिए । 

अरबिन्दले १ सय ३३ बलमा १७ चौका र ७ छक्काको सहयोगमा १ सय ७४ रन बनाए । अरबिन्दले ९६ बलमा शतक पूरा गरेका थिए । 
 
अर्को ३० बलमा उनले १ सय ५० रन पूरा गरे । 

आयान खानले ५० बलमा ९ चौका र ३ छक्काको सहयोगमा ७४ रनको अर्धशतकीय ईनिङ खेले । 

सचित शर्मा ८ बलमा १६ रन बनाउँदै अविजित रहे । युएईका खेलाडीहरुले २६ छक्का र ४१ चौका प्रहार गरेका थिए ।

सिंगापरका लागि अदिद्य भार्गभले ४ र रमेश कलिमुथुले ३ विकेट लिए ।  विनोद बसकरनले २ विकेट लिए । 

पछिल्लो पाँच ओभरमा युएईले पाँच विकेट लिएर ७१ रन बनाएको थियो । 

प्रतियोगिताको तेस्रो खेल खेल्न लागेका दुवै टोली जितको खोजीमा रहेका छन् । 

लगातार दुई हासँगै अंक बिहिन सिंगापुर पहिलो जितको खोजीमा मैदान उत्रदै छ । 

उपाधीको दावेदार युएई भने तेस्रो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । दुवै खेल बिहान नौ बजे सुरु हुनेछ । 

वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ । 

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । 

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।

समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।

फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । 

यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

Loading ad...
LiNing Ad
वृत्य र वासिमको सानदार शतकमा सिंगापुरलाई ४७२ रनको लक्ष्य

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

साँच्चिकै घाइते छन् एमबाप्पे ?

साँच्चिकै घाइते छन् एमबाप्पे ?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

इटालीलाई विश्वकपमा फर्किने मौका

इटालीलाई विश्वकपमा फर्किने मौका

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा