सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

अर्शदिपको सानदार बलिङमा पन्जाबको जित

शनिबार, ०९ बैशाख २०८०खेलपाटी संवाददाता
अर्शदिपको सानदार बलिङमा पन्जाबको जित
Loading ad...
mustang rice ad

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल) मुम्बई ईन्डियन्सलाई पन्जाब किंग्सले पराजित गरेको छ।

वांगखडे क्रिकेट स्टेडियममा पन्जाबले मुम्बईलाई १३ रनले पराजित गरेको छ । 

पन्जाबले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन मात्र बनायो ।

मुम्बईका लागि सुर्यकुमार यादव र क्यामरुन ग्रीनले अर्धशतकीय ईनिङ खेले । 

ग्रीनले ४३ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६७ रन बनाए । सुर्यकुमारले २६ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ५७ रन बनाए । 

मुम्बईलाई जितको लागि अन्तिम ओभरमा १६ रन चाहिँएको थियो । तीव्र गतिका बलर अर्शदीप सिंहले अन्तिम छ बलमा दुई रन खर्चेर दुई विकेट लिएपछि पन्जाब विजयी भएको हो । 

ओपनर तथा कप्तान रोहित शर्माले २७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४४ रन बनाए । टिम डेबिडले १३ बलमा २ छक्काको सहयोगमा अविजित २५ रन बनाए ।

पन्जाबका लागि अर्शदिप सिंहले ४ तथा लियम लिविंस्टोन,नाथन एलिसले १/१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । 

पन्जाबका लागि कप्तान साम करनले २९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ५५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए  । 

हरप्रित सिंहले २८ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४१ रन बनाए । पन्जाबले पछिल्लो ५ ओभरमा ४ विकेट गुमाएर ९६ रन बनाएको थियो ।

पाँचौ विकेटका लागि कप्तान करन र सिंहले ४८ बलमा ९२ रनको सानदार साझेदारी गरे । जितेश शर्मा ७ बलमा ४ छक्काको सहयोगमा २५ रन बनाए । 

अथर्व ताईडेले १७ बलमा ३ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए । प्रभशिमरन सिंहले १७ बलमा २६ रन बनाउँदा म्याथ्यु शर्टले १० बलमा ११ रन बनाए । 

मुम्बईका लागि पियुष चावला क्यामरुन ग्रीनले समान २/२ र जेसन बेहरानड्राफ्ट,जोफ्रा आर्चर र अर्जुन तेन्दुल्करले समान १/१ विकेट लिए ।

सात खेलमा चार जित र तीन हार व्यहोरेको पन्जाब १० टोली सहभागी प्रतियोगिताको पाँचौ स्थानमा उक्लिएको छ। 

छैटौं खेलमा तेस्रो हार व्यहोरेको मुम्बई अंक तालिकाको सातौं स्थानमा कायमै रहेको छ । 

Loading ad...
LiNing Ad
अर्शदिपको सानदार बलिङमा पन्जाबको जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

 काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक