काठमाडौं । राजधानीमा जारी एसीसी मेन्स प्रिमियर क्रिकेटमा साउदी अरेवियाले कतारमाथी सहज जित निकालेको छ।
शनिबार टियु क्रिकेट मैदानमा भएको खेलमा साउदी ७ विकेटले विजयी भएको हो ।
कतारले दिएको २ सय १७ रनको लक्ष्य साउदीले ३४ दशमलब २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
साउदीको जितमा अब्दुल वाहिदले १ सय ८ बलमा २१ चौका र १ छक्काको सहयोगमा १ सय २४ रनको शतकीय ईनिङ खेले ।
वाकर उल हसनले ५५ बलमा ५५ रनको अर्धशतकीय ईनिङ खेले । साद खान शुन्य रनमा आउट हुँदा कप्तान हिशाम शेख २१ रनमा अविजित रहे ।
कतारका लागि इक्रमुल्लाह खानले २ तथा खुरम शाहजादले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कतार ४९ दशमलब ५ ओभरमा २ सय १६ रनमा अलआउट भयो ।
कतारका मोहम्मद तनविरले ४८ बलमा ७ चौकासहित सर्वाधिक ४६ रन बनाए । ओपनर कमरान खान ३९ बलमा ७ चौकासहित ३६ रनमा आउट भए ।
विकेटकिपर इमाल लियांगे ३१ रन बनाउँदा कप्तान मोहम्मद रिजलानले ३९ बलमा २८रन बनाए ।
इक्रामउल्लाह खान १४ तथा आमिर फारुक ४ रनमा आउट भए ।
साउदीका लागि इश्तिक अहमदले ४ विकेट तथा अतिफ उर रहमान, जैन उल अबिदीन र अहमद बलाडार्फले समान २/२ विकेट लिए ।
साउदीको दोस्रो खेलमा यो पहिलो जित हो । कतारको भने लगातार दोस्रो हार हो ।