एसियाडका लागि उसु छनोट सुरु
शुक्रबार, ०८ बैशाख २०८०खेलपाटी संवाददाता
काठमाडौं । नेपाल उसु संघको आयोजनामा १९ औं एसियाली खेलकुदका लागि उसु छनोट प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा सुरु भएको छ ।
प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको सान्सौंतर्फ पुरुषमा ५ र महिलामा २ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । थाउलोमा पुरुष÷महिलामा समान ४–४ स्पर्धा समावेश छन् ।
तीनदिने प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहेको उसु संघले जनाएको छ । पहिलो चरणमा जम्मा २४ खेलाडी छनोट गरिने उसु मुख्य प्रशिक्षक अम्बर थिङले जानकारी गराए ।
एसियाडका लागि उसु छनोट सुरु









-1764294451367.webp&w=3840&q=75)
-1764236044054.jpeg&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



%20(1)-1764163746521.jpeg&w=3840&q=75)