काठमाडौं । एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा नेपालका लागि सोमपाल कामीले अर्धशतक पूरा गरेका छन्।
सोमपालले बलमा ७ चौकाको सहयोगमा अर्धशतक प्रहार गरेका हुन् ।
यो सँगै नेपालले ४७ दशमलब २ ओभरमा ८ विकेट गुमाएर २ सय ७४ रन बनाएको छ ।
नेपालका कुशल भुर्तेल र अर्का ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए ।
कप्तान रोहित पौडेल २३ रन तथा भिम सार्की ३३ रनमा आउट भएका थिए ।
टस हारेर नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।