काठमाडौं । एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा नेपालका लागि कुशल मल्लले अर्धशतक पूरा गरेका छन् ।
कुशलले २९ बलमा ६ चौका र ५ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका हुन् ।
यो सँगै नेपालले २९ दशमलब २ ओभरमा ४ विकेट गुमाएर १ सय ३५ रन बनाएको छ ।
नेपालका कुशल भुर्तेल र अर्का ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए ।
कप्तान रोहित पौडेल २३ रन तथा भिम सार्की ३३ रनमा आउट भएका थिए ।
टस हारेर नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।
क्रिजमा अहिले कुशल मल्ल र आरिफ शेख रहेका छन् ।
मल्ल ५१ रनमा अविजित रहँदा आसिफ २७ रनमा अविजित रहेका छन्।
कुशलको एकदिवसीय अन्तराष्ट्रियमा पाँचौ अर्धशतक हो ।