डब्लुटीसीको फाइनलका लागि अष्ट्रेलियन टोलीको घोषणा
बुधबार, ०६ बैशाख २०८०खेलपाटी संवाददाता

काठमाडौं । विश्व टेस्ट च्याम्पियनसिप(डब्लुटीसी) फाइनलका लागि अस्ट्रेलियाको टिम घोषणा भएको छ ।
प्याट कमिंसको कप्तानीमा १७ सदस्सीय टोलीको घोषणा भएको हो ।
टोलीमा अलराउण्डर मिचेल मार्शले चार वर्षमा टेस्ट क्रिकेटमा पुनरागमन गरेका छन् ।
डब्लुटीसीको फाइनल आगमी जुन ७ देखि जुन ११ सम्म इंग्ल्यान्डको ओभलमा आयोजना हुनेछ ।
फाइनलमा अष्ट्रेलियाले भारतको सामना गर्नेछ । अष्ट्रेलिया लिग चरणको विजेता र भारत उपविजेता हुदै फाइनलमा स्थान बनाएका हुन् ।
अष्ट्रेलियाको टोली
प्याट कमिन्स (कप्तान), स्कट बोल्यान्ड, एलेक्स केरी, क्यामरुन ग्रीन, मार्कस ह्यारिस, जोस हेजलवुड, ट्रेभिस हेड, जोश इंग्लिस, उस्मान ख्वाजा, मार्नस लाबुशेन, नाथन लियोन, मिचेल मार्श, टोड मर्फी, म्याथ्यु रेनशा, स्टिभ स्मिथ ( उपकप्तान), मिचेल स्टार्क र डेभिड वार्नर

डब्लुटीसीको फाइनलका लागि अष्ट्रेलियन टोलीको घोषणा





-1774437287189.jpg&w=3840&q=75)






-1774491612727.webp&w=3840&q=75)


