बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

ग्रिनको अलराउन्ड प्रदर्शनमा मुम्बईको जित

मंगलबार, ०५ बैशाख २०८०खेलपाटी संवाददाता
ग्रिनको अलराउन्ड प्रदर्शनमा मुम्बईको जित
Loading ad...
mustang rice ad

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार तेस्रो जित निकालेको छ ।

घरेलु मैदान राजिब गान्धी स्टेडियममा सनराईजर्स हैदराबाद मुम्बईसँग १४ रनले पराजित भएको हो । 

मुम्बईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ दशमलब ५ ओभरमा अलआउट हुदै १ सय ७८ रन मात्र बनायो । 

हैदराबादका लागि ओपनर मंयक अग्रवालले ४१ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४८ रन बनाए । हेनरिक केल्सनले १६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाउँदा कप्तान एडेन माकरमले १७ बलमा २२ रन बनाए । 

कोलकत्ताविरुद्धको खेलमा हैदराबादका लागि शतक प्रहार गरेका ब्याटर ह्यारी ब्रुक भुवेनेश्वर कुमारको बलमा ७ बलमा ९ रनमा आउट भए । 

मार्को यानसनले ६ बलमा १३ रन तथा वासिंटन सुन्दर १० रनमा आउट भए । 

मुम्बईका लागि जेसन बेहरानड्राफ्ट,राईली मेरीडेथ र पियुष चावलाले समान २/२ तथा अर्जुन तेन्दुलकर र क्यामरुन ग्रिनले समान १/१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।

मुम्बईका लागि क्यामरोन ग्रिनले ४० बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ६४ रनको अर्धशतकीय ईनिङ खेले ।

ग्रिनले ३३ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । ग्रिनको आईपीएलमा यो पहिलो अर्धशतक हो ।  

ओपनर ईशान किशनले ३१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाउँदा तिलक बर्माले १७ बलमा २ चौका र ४ छक्काको सहयोगमा ३७ रन बनाए । 

चौथो विकेटका लागि ग्रीन र बर्माले २८ बलमा ५६ रनको साझेदारी गरेका थिए ।

टिम डेबिडले ११ बलमा १६ रन बनाउँदा सुर्यकुमार यादवले ३ बलमा ७ रन बनाए ।

हैदराबादका लागि मार्को यानसनले २ तथा टि नटराजन र भुवनेश्वर कुमारले समान १/१ विकेट लिए ।

पाँचौ खेलमा तेस्रो जित निकालेको मुम्बई ६ अंकका साथ १० टोली सहभागी प्रतियोगिताको छैटौं स्थानमा रहेको छ । 

पाँच खेलमा तेस्रो हार व्यहोरेको हैदराबाद अंक तालिकाको नवौं स्थानमा रहेको छ ।

Loading ad...
LiNing Ad
ग्रिनको अलराउन्ड प्रदर्शनमा मुम्बईको जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

मधेशलाई सामान्य लक्ष्य

मधेशलाई सामान्य लक्ष्य

१५१ रन मै अलआउट भयो कर्णाली

१५१ रन मै अलआउट भयो कर्णाली

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

इटालीलाई विश्वकपमा फर्किने मौका

इटालीलाई विश्वकपमा फर्किने मौका

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा

राखेपको निलम्बनमा पर्यो एन्फा

राखेपको निलम्बनमा पर्यो एन्फा

नेपालको सेमिफाइनल सम्भावना बलियो

नेपालको सेमिफाइनल सम्भावना बलियो

नेपाललाई पहिलो हाफमा अग्रता

नेपाललाई पहिलो हाफमा अग्रता

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित