पूर्णसिंह बम, कालिकोट । कर्णाली प्रदेश स्तरीय यू-१६ क्रिकेट छनोट खेल मंगलबारबाट सैनिक स्कुल मंगलगढी खेल मैदानमा सुरु भएको छ ।
प्रतियोगिता कर्णाली प्रदेश क्रिकेट संघका संयोजक पदम बहादुर खड्काले उद्घाटन गरे ।
छनोट बैशाख ८ गतेसम्म चल्ने आयोजकले जनाएको छ । छनोट खेलमा क्यानको सदस्यता पाएका कर्णाली प्रदेशका पाँच जिल्ला सहभागी छन् । जसमा सुर्खेत, कालिकोट, दैलेख,सल्यान र रुकुम पश्चिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
छनोटको मुख्य लक्ष्य मलेसियामा आगामी मे महिनामा आयोजना यू-१६ इस्ट जोनका लागि खेलाडी छनोट रहेको सुर्खेत क्रिकेट संघका क्यानका अध्यक्ष श्रीधर केसीले जानकारी दिए ।