सोमबार, ११ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

खुमलटारमाथि एनआरटीको सहज जित

मंगलबार, ०५ बैशाख २०८०खेलपाटी संवाददाता
खुमलटारमाथि एनआरटीको सहज जित
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार एनआरटीले एफसी खुमलटारलाई ३-१ गोल अन्तरले हराएको हो ।

एनआरटीको जितमा सरोज तामाङ, सन्जिब विष्ट र मोहित गुरुङले एक एक गोल गरे ।

खुमलटारका श्यामु मुर्मुले एक गोल फर्काए ।

खेलको ६५ औं मिनेटमा सरोजले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए । सुशन श्रेष्ठको क्रसमा अनमार्क रहेका सरोजले हेडरमार्फत गोल गरे ।

खेलको ८२ औं मिनेटमा सन्जिबले गोल गर्दै एनआरटीको अग्रता २-० को बनाए । कृतिस रत्न छुन्जुको पासमा खुमलटारका डिफेन्डर अविशेक लिम्बुले क्लियर गर्न नसकेको बलमा सन्जिबले गोल गरे ।

खेलको ८५ औं मिनेटमा मोहितले गोल गर्दै एनआरटीलाई ३-० को अग्रता दिलाए ।  कृतिस रत्न छुन्जुको पासमा उनले गोल गरे ।

त्यसपछि खेलको ९० औं मिनेटमा श्यामु मुर्मुले गोल गरेपनि एनआरटी ३-१ ले विजयी भयो ।  

त्यसबाहेक दुबै टोलीले गोलको केहि अवसर गुमाएको थियो ।

खेलको २३ औं मिनेटमा एनआरटीका निकोलस सङले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।  

३१ औं मिनेटमा खुमलटारका अविशेक वर्माको 'लङ रेन्ज' प्रहार एनआरटीका गोलकिपर पुजन होनाले सहजै नियन्त्रणमा लिए ।

खेलको ३३ औं मिनेटमा एनआरटीका सरोज तामाङले पेनाल्टी बक्स भित्रबाट बाहिर प्रहार गरे । 

खेलको ४१ औं मिनेटमा एनआरटीकै सरोजले गोलको अवसर खेर फाले । सिक्स यार्ड भित्रबाट सरोजको फितलो फ्री हेडर खुमलटारका गोलकिपर देव लिम्बुले सहजै आफ्नो नियन्त्रणमा लिए ।

५१ औं मिनेटमा खुमलटारका स्टेफन समिरले पेनाल्टी क्षेत्र भन्दा बाहिरबाट प्रहार गरेको बल एनआरटीका गोलकिपर पुजन होनाले सहजै रोके ।

५६ औं मिनेटमा खुमलटारका मनिष थापाको क्रसमा अविशेक लिम्बुको सशक्त हेडर एनआरटीका गोलकिपर पुजन होनाले मुश्किलले जोगाए ।  

खेलको ५८ औं मिनेटमा एनआरटीका सरोज तामाङले दुई डिफेन्डरबीचबाट प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

एनआरटीको यो दोस्रो जित हो । जितसँगै एनआरटी १० अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

खुमलटारको यो छैटौं हार हो । खुमलटार १० अंक जोडेर ११ औं स्थानमा झरेको छ ।


 

Loading ad...
LiNing Ad
खुमलटारमाथि एनआरटीको सहज जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा

क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा

ईबु केबेको ह्याट्रिक प्लानिङको जित

ईबु केबेको ह्याट्रिक प्लानिङको जित

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ब्रिज इन्टरनेशनल ब्रिटिश गोर्खाली लिगको मुख्य प्रायोजक

ब्रिज इन्टरनेशनल ब्रिटिश गोर्खाली लिगको मुख्य प्रायोजक

हेटमायरको तूफानी इनिङ्स

हेटमायरको तूफानी इनिङ्स

क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा

क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा

ईबु केबेको ह्याट्रिक प्लानिङको जित

ईबु केबेको ह्याट्रिक प्लानिङको जित

 ‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो

पुलिसमाथि जावलाखेलको सहज जित

पुलिसमाथि जावलाखेलको सहज जित

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ