सन्दीपले दिलाए दोस्रो सफलता
मंगलबार, ०५ बैशाख २०८०खेलपाटी संवाददाता

काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ ।
नेपालका लागि सन्दीप लामिछानेले दोस्रो सफलता दिलाएका हुन् । सन्दीपले ७६ रनमा खेलिरहेका अहमद फैजको विकेट लिएका हुन् ।
नेपाल टस हारेर पहिले बलिङ गरिरहेको छ । टस जितेर ब्याटिङ रोजेको मलेसियाले ३३ दशमलब २ ओभरमा २ विकेट गुमाएर १ सय ३८ रन बनाएको छ ।
सन्दीपले दिलाए दोस्रो सफलता














