काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ ।
नेपालका लागि गुलशनले पहिलो सफलता दिलाएका हुन् । गुलशनले १७ रनमा खेलिरहेका मोहम्मद अमिरको विकेट लिएका हुन् ।
नेपाल टस हारेर पहिले बलिङ गरिरहेको छ । टस जितेर ब्याटिङ रोजेको मलेसियाले ६ ओभरमा १ विकेट गुमाएर २२ रन बनाएको छ ।