• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
वर्ष ७९ : चलयमान नेपाली खेलकुद
निशान राई
शुक्रबार, वैशाख १, २०८० निशान राई
वर्ष ७९ : चलयमान नेपाली खेलकुद

काठमाडौं । मैदान बाहिर र मैदान भित्र, वर्ष २०७९ नेपाली खेलकुद व्यस्त रह्यो । कोभिडले थलिएको नेपाली खेलकुद ७९ सालमा भने जुर्मुरायो । मान्नुस, नेपाली खेलकुद व्यस्त रह्यो ।

नेपाली खेलकुदको कुम्भमेला राष्ट्रिय खेलकुद आयोजना भयो । नेपालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद आयोजना भए । नेपाली टोलीले अन्तराष्ट्रिय प्रतियोगिता खेले । गर्व गर्न लायक केहि उपाधि नेपाली खेलकुदले पायो ।

राष्ट्रिय खेलकुद आयोजना -

मुख्यत: ७९ सालमा विविध कारण रोकिदै आएको नवौं राष्ट्रिय खेलकुद सफल आयोजना भयो । गण्डकी प्रदेशमा असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म नवौं आयोजना भएको थियो ।

तर, नवौंमा दुखद घटना समेत घट्यो । प्रतिस्पर्धाको दौरान दुर्घटनामा पर्दा प्याराग्लाइडिङ खेलाडी निशिम थापाको निधन भयो ।

नवौंमा ३६ खेलमा ३ सय ९६ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।  आर्मी १ सय ७२ स्वर्ण पदकसहित सर्वाधिक ३ सय ७१ पदक जितेर टिम च्याम्पियन बनेको थियो ।

दशौँ राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा कर्णाली प्रदेशमा आयोजना हुँदैछ ।  

आर्मी क्लबकी खेलाडी डुवाना सर्वाधिक पदक जित्ने खेलाडी बनेकी हुन्  ।

नवौंमा पौडी खेलाडी डुवाना लामा एक्लैले ९ स्वर्ण पदक जितिन् । यस्तै एथलेटिक्स खेलाडी जयरानी थारुले ५ स्वर्ण जित्दै आफुलाई अब्बल साबित गरिन् ।

अन्तराष्ट्रिय उपाधि -

वर्ष ७९ मा  नेपाली पारा तेक्वान्दोले ऐतिहासिक पदक हात पार्यो । साउदी अरबियामा आयोजना भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपालकी सिर्जना घिसिङले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

नेपालले बंगलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि हात पार्यो ।

थाइल्याण्डमा आयोजना भएको एएसबीसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा नेपालकी सुष्मा तामाङले ऐतिहासिक रजत पदक जित्न सफल भईन ।

इरानमा आयोजना भएको दोश्रो जुनियर विश्व कबड्डी प्रतियोगितामा नेपालले ऐतिहासिक कास्य पदक जित्यो ।

बंगलादेशमा आयोजना भएको सीएभीए बिच भलिबल प्रतियोगितामा नेपालको महिला र पुरुष टोलीले रजत पदक जित्न सफल भएका थिए ।

नेपाली राष्ट्रिय फुटबल टिमले घरेलु मैदानमा प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जित्यो । प्रतियोगितामा लाओस र भुटानको सहभागिता रहेको थियो ।

एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालका दीपक अधिकारीले सिनियर पुरुष १० किलोमिटर दौडमा स्वर्ण पदक जिते । सिनियर पुरुष टिम इभेन्टमा पनि नेपालले स्वर्ण पदक जितेको छ ।

नेपालकी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथन अन्तर्गत साफ एलिटको महिलातर्फ स्वर्ण पदक जितिन्।

नेपालकी अल्ट्रा धाविका सुनमाया बुढाले हङकङमा आयोजना भएको द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्जको उपाधि जितिन् ।

विवाद -

वर्षको सुरुआतमै राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र खेलाडीबीच विवाद सिर्जना भयो । मुख्य प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

खेलाडी र प्रशिक्षक विवाद भदौसम्म रह्यो । भदौ २६ गते अलमुताईरीले राजीनामा दिएपछि विवाद अन्त्य भयो । असोजबाट प्रशिक्षण छाडेका खेलाडीहरु टोलीमा फर्किए । 

वर्षको मध्येमा तत्कालिन राष्ट्रिय टिमका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लाग्यो । सन्दीप पक्राउ परे, धरौटीमा छुटे, अन्तराष्ट्रिय प्रतियोगिता खेले । तर, मुद्दाको किनारा लागिसकेको छैन ।

राष्ट्रिय टिमका लागि खेलिरहेपनि सन्दीप क्यानको केन्द्रिय सम्झौता बाहिर छन् ।

यस्तै  नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ गरेको भन्दै राष्ट्रिय टोलीका सदस्य आदील आलम र राष्ट्रिय टोलीका पूर्व खेलाडी महबुब आलम पक्राउ परे । यद्दपी दुबै जना धरौटीमा रिहा भैसकेका छन् ।

नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता नै स्पट फिक्सिङले ओझेलमा पर्यो । जसको कारण क्यानले प्रतियोगिताको ब्यवसायीक र रणनीतिक साझेदारको रुपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता खारेज गर्यो ।

राष्ट्रिय खेलकुद परिषद् राखेपले तेक्वान्दो संघ पुर्नगठन गर्यो । तर, उच्च अदालत पाटनले संघको दर्ता खारेजविरुद्धको रिटमा अन्तरिम आदेश जारी गरेपछि पुरानै संघले कामकारबाही गरिरहेको छ ।

वर्ष ७९ मा नेपाली खेलकुदको टाइमलाइन -

वैशाख :

-प्रिन्स दाहाल र रसिला महर्जनलाई दोस्रो प्रधानमन्त्रीकप खुला ¥याङकिङ ब्याडमिन्टनको उपाधि ।  

- एसिया कप छनोट तेस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु ।  

- रुपन्देही ११ लाई प्रो क्लब च्याम्पियनसिप क्रिकेटको उपाधि ।  

–धनगढीमा प्रथम राष्ट्रिय मुख्य मन्त्री वीवाईसी महिला गोल्डकप आयोजना ।  

- नेपालले एसियाकप छनोट तेस्रो चरणको तयारीका रूपमा अफगानिस्तानविरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्ने घोषणा ।  

- अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सहिद स्मारक ‘बी’ डिभिजन क्लब नया“ वस्ती युथलाई तीन लाख रुपैंया जरिवाना । अनुशासनको कारवाही गर्दै क्लब पदाधिकारी श्रीबहादुर योगीलाई दुई वर्षको प्रतिबन्ध । क्लब व्यवस्थापकलाई छ महिना र खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध ।  

–गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ आयोजना । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता ।  

–सूर्य नेपाल गल्फ टुर अन्तर्गत सूर्य नेपाल च्यालेन्ज गल्फ आयोजना ।  

- आर्मीलाई मुख्यमन्त्री कप राष्ट्रिय कब्बडीको उपाधि ।  

–माल्दिभ्सको मालेमा हुने दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियनसपका लागि १० खेलाडीको छनोट ।  

- आईसीसी वुमेन्स यू १९ विश्वकप छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ४४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको ।  

- सहिद स्मारक लिग ‘सी’ डिभिजन लिग ०७९ सुरु । कुल १४ टिमको सहभागिता ।  

–जिम्बावे ‘ए’ विरुद्ध हुने वान डे र ट्वान्टी ट्वान्टी सिरिजका लागि २३ सदस्यीय नेपाली टिमको घोषणा ।  

–राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने निर्णय । यस्तै १९ औं एसियाली खेलकुदमा नेपालले २३ खेलमा सहभागिता जनाउने निर्णय ।    

- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक लिग सी डिभिजन क्लब आरसी ३२ फुटबल एकेडेमीमाथि १ लाख ५० हजार रुपैंया जरिवाना गर्दै अभद्र व्यवहार र अनुशासनहीनको कारवाही ।

- मुख्य प्रशिक्षक  अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै प्रशिक्षणमा रहेका १० खेलाडीद्वारा बन्द प्रशिक्षण बहिस्कार ।

जेठ : 

-  मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसियाकप छनोट तेस्रो चरणका लागि २३ सदस्यीय टिमको घोषणा ।  

- नेपाल र युगान्डाबीच वुमेन्स ट्वान्टी ट्वान्टी सिरिज आयोजना ।  

- गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद सरेको घोषणा । अब असोज २८ देखि कार्तिक ६ सम्म हुने तय ।  

- एभरेस्ट प्रिमियर लिगका आयोजक र त्यसका सहभागी छ टिमद्वारा नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर ।  

- कतारमा भएको मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल र टिमोर लिस्टे यू–२३ बीच २–२ को बराबरी ।  

- मनग्य नकर्मि भारतको खिदिरपुर स्पोर्टिङ क्लबमा अनुबन्धित ।

- झापा फुटबल क्लबलाई सहिद स्मारक लिग ‘सी’ डिभिजनको उपाधि ।  

–कतारमा भएको मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल ओमानसँग २–० ले पराजित ।  

-दशौँ कान्तिपुर हाफ म्याराथनमा पुरुषतर्फ गोपिचन्द्र पार्की र महिलातर्फ राजपुरा पछाई पहिलो ।  

- चीनमा हुने १९ औं एसियाली खेलकुदका लागि पहिलो चरणको बन्द प्रशिक्षक सुरु ।  

- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी लिगका लागि गभर्निङ काउन्सिल गठन ।  

- आईसीसी पुरुष क्रिकेट वल्र्डकप लिग टुमा नेपाल ओमानको हातबाट १३ रनले पराजित ।  

– आईसीसी यू-१९ महिला ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा नेपालको सहभागिता  ।  

- एसिया कप छनोट तेस्रो चरणको दोस्रो खेलमा नेपाल कुवेतसँग  ४–१ ले पराजित । नेपालका लागि दर्शन गुरुङले गोल गरेको । (२०२२ जुन ११ शनिबार)

–आईसीसी पुरुष क्रिकेट वल्र्डकप लिग टुमा नेपाल र अमेरिकाबीचको खेल टाई ।  

- नेपाली यू–२० टिमको बन्द प्रशिक्षण लागि मुख्य प्रशिक्षक मेघराज केसीद्वारा ४० खेलाडी छनोट ।

- आर्मीलाई चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको उपाधि ।  

–मलेसियामा हुने एसीसी महिला ट्वान्टी ट्वान्टी च्याम्पियनसपका लागि कप्तान रुबिना क्षेत्रीको नेतृत्वमा १५ सदस्यीय टिम घोषित ।  

- अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) गर्नका लागि नयाँ मिति प्रदान । नयाँ मिति भदौ २५ देखि कार्तिक ५ ।  

–एसियाकप छनोट तेस्रो चरणको तेस्रो खेलमा नेपाल इन्डोनेसियाको हातबाट ७–० ले पराजित ।  

–आईसीसी पुरुष क्रिकेट वल्र्डकप लिग टुमा नेपालद्वारा ओमान सात विकेटले पराजित ।  

–आईसीसीले नेपाल क्रिकेट संघमाथि लगाउदै आएको आर्थिक नियन्त्रण फुकुवा । क्यानमाथिको निलम्बन पूर्ण फुकुवा ।  

असार :

- आईसीसी पुरुष क्रिकेट वल्र्डकप लिग टुमा नेपाल अमेरिकासँग  ३९ रनले पराजित । पर्लल्यान्ड अमेरिकामा भएको खेलमा पहिले ब्याटिङ गरेको अमेरिकाले सात विकेटमा  

- आईसीसी पुरुष क्रिकेट वल्र्डकप लिग टुको त्रिकोणात्मक सिरिजमा नेपालका करण केसी ‘प्लेयर अफ द सिरिज’ घोषित ।  

- एसीसी महिला ट्वान्टी ट्वान्टी च्याम्पियनसिपको पहिलो खेलमा नेपालद्वारा भुटान ५० रनले पराजित ।  

–यू–२१ राष्ट्रिय गल्फको उपाधि सुभाष तामाङलाई ।  

- एसीसी महिला ट्वान्टी ट्वान्टी च्याम्पियनसिपको दोस्रो खेलमा नेपालद्वारा कुवेत २५ रनले पराजित ।  

- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा नेपाल क्रिकेट संघ (क्यान) माथि रहेको कन्ट्रोल फन्डिङ हटाएको घोषणा । आईसीसीले लगाएको सबै प्रकारको निलम्बन फुकुवा ।  

- आर्मी १८ स्वर्ण, १२ रजत र ५ कांस्यसहित ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको टिम च्याम्पियन ।   पुरुषमा शिवराज पार्की र महिलामा जयरानी थारु उत्कृष्ट खेलाडी घोषित ।

–क्यानाडा भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा । कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको टिमका उप कप्तान रोहित पौडेल ।  

–नेपाल आइस छैटौं शुभकामना गोल्डकप फुटबलको उपाधि क्यामरुनको एभिनियरलाई ।  

– १७ औं राष्ट्रब्यापी अन्नपूर्ण चेसको उपाधि त्रियोग स्कुललाई । उसले दुई स्वर्ण, दुई रजत र एक कांस्य जितेको । (२०२२ जुन २६ आइतबार)

- टु डे म्याच गराउन नेपाल क्रिकेट संघ (क्यान) लाई अमेरिकामा रहेका पूर्व खेलाडीको क्लब नेपाल अल स्टार्सद्वारा २१ लाख ११ हजार १ सय ११ रुपैंयाको आर्थिक सहयोग ।  

- टीवाईटीकपमा एनआरटी मलेसियाको सुपर लिग क्लब पेनाङ एफसीसँग ५–० ले पराजित ।  

–बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली फुटबल महासंघको बैठकले वुमेन्स साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्ने निर्णय ।  

–पुलिसलाई बागमती प्रदेश न्यु डाइमन्ड कप खुला महिला राष्ट्रिय भलिबलको उपाधि ।  

-नेपाली राष्ट्रिय महिला टिमका कप्तान रेनुका नगरकोटी अभ्यासका क्रममा चोटग्रस्ट ।  

 -आईसीसी वल्र्ड लिग टुको त्रिकोणात्मक शृंखलामा नेपाल नामिबियासँग  ४० रनले पराजित ।  

- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने फ्रेन्चाइज क्रिकेट नेपाल ट्वान्टी ट्वान्टीलाई मान्यता प्रदान ।

- आईसीसी वल्र्ड लिग टुको त्रिकोणात्मक शृंखलामा नेपालद्वारा स्कटल्यान्ड ५  विकेटले पराजित ।  

–थाइल्यान्ड भ्रमणमा रहेको एनआरटीको थाइल्यान्डको तेस्रो डिभिजन क्लब थोनबुरी युनाइटेडमाथि २–१ को जित ।  

- आईसीसी वल्र्ड लिग टुको त्रिकोणात्मक शृंखलामा नेपाल नामिबियासंग ६३ रनले पराजित ।  

साउन :

- नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त ।

- केन्या भ्रमणमा जाने टिमको घोषणा । ज्ञानेन्द्र मल्लको पुर्नआगमन ।  

- बंगलादेशविरुद्ध हुने एक मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाई नियुक्त ।

- नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य मनीष डाँगी बहराइनको बी डिभिजन क्लब इतिहाद अल रेफ क्लबमा अनुबन्धित ।  

भाद्र :

-नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण लिम्बूले भारतको आईलिग क्लब पञ्जाव एफसीमा अनुबन्धित ।

-बहराइनमा हुने यू–२० एसियाकप छनोटका लागि टिम घोषणा ।  

- नेपाल पहिलो ट्वान्टी ट्वान्टीमा केन्यामाथि ५ विकेटले विजयी ।  

- नेपाल दोस्रो ट्वान्टी ट्वान्टीमा केन्यासँग १८ रनले पराजित ।  

- मुख्य प्रशिक्षक कुमार थापाले वुमेन्स साफ च्याम्पियनसिप २०२२ खेल्ने अन्तिम २३ सदस्यी टिम घोषणा ।  

- नेपाल तेस्रो ट्वान्टी ट्वान्टीमा केन्यामाथि चार विकेटले विजयी ।  

–नेपाली राष्ट्रिय फुटबल टिमको व्यवस्थापकमा अनिल श्रेष्ठ नियुक्त  

–श्रीलंकामा हुने साफ यू–१७ च्याम्पियनसिप र भियतनाममा हुने एएफसी यू–१७ एसियाकप छनोटका लागि प्रशिक्षक उर्जन श्रेष्ठद्वारा २४ सदस्यी टिमको घोषणा ।  

- चौथो ट्वान्टी ट्वान्टीमा केन्यासँग  नेपाल ७ रनले पराजित ।    

-अष्ट्रेलिया आयोजना भएको  ट्वान्टी ट्वान्टी विश्वकपको ट्रफि सार्वजनिक प्रदर्शनका लागि नेपालमा ।  

- नेपाल पाँचौं ट्वान्टी ट्वान्टीमा केन्यामाथि ३१ रनले विजयी ।  

–अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) द्वारा नेपालमाथि छ हजार डलर जरिवाना ।  

- नेपाल पहिलो वान डेमा केन्यालाई सात विकेटले विजयी।  

- राष्ट्रिय खेलकुद परिषदले ५९ औं वार्षिकोत्सवको अवसरमा फुटबलका किरण लिम्बू र प्यारा तेक्वान्दोका पलेशा गोवर्धन उत्कृष्ट खेलाडी घोषित । टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सन्दीप थारु जुनियरतर्फ । उत्कृष्ट संघमा नेपाल ट्रायनथलन संघ घोषित ।

- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि एक किशोरीद्वारा जबर्जस्ती करणीको आरोपमा किटाणी जाहेरी ।  

–नेपाली महिला राष्ट्रिय टिमको कप्तानीमा एन्जिला तुम्बापो सुब्बा घोषित ।  

- वुमेन्स साफ च्याम्पियनसिप २०२२ को उद्घाटन खेलमा नेपालद्वारा भुटान २–० ले पराजित ।  

–  यू–१७ साफ च्याम्पियनसिपमा नेपालद्वारा भुटान ३–१ ले पराजित  

- नेपाल भबिल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित ।  

–नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट काठमाडौंमा सुरु ।  

- यू–१७ साफ च्याम्पियनसिपमा नेपालद्वारा भारत ३–१ ले पराजित ।  

–सीप्यान क्रिकेट अवार्डमा दीपेन्द्रसिंह ऐरी र सीता रानागमर वर्ष क्रिकेट खेलाडी घोषित । उदयमान खेलाडीको अवार्ड देव खनाललाई । वर्षको उत्कृष्ट क्षणको अवार्ड महिला खेलाडी अस्मिना कर्माचार्यलाई । स्पेसल अवार्ड पूर्व कप्तान पारस खड्कालाई ।

- यू–२० एसिया कप छनोटको पहिलो खेलमा नेपाल भुटानसँग २–० ले पराजित ।  

–नेपाल टी–ट्वान्टी लिगमा सहभागी हुने छ टिमद्वारा मार्की खेलाडी अनुबन्धित ।  

–आर्मीका हरिकुमार रिमाल १४ औं काठमाडौं म्याराथनमा विजयी ।  

–नेपालका युवा फुटबल खेलाडी सास्वत राना डेनमार्कको एफसी कोपनहेगनमा अनुबन्धित । तीन वर्षको अनुबन्ध, यू–१९ टिमबाट खेल्ने । (२०२२ सेप्टेम्बर १० शनिबार)

- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीद्वारा राजीनामा दिएको घोषणा ।  

–नेपाल टी–ट्वान्टीका लागि नेपाली र विदेशी खेलाडीको  ड्राफ्ट सम्पन्न । (२०२२ सेप्टेम्बर ११ आइतबार)

- नेपालद्वारा श्रीलंकालाई ६–० ले पराजित गर्दै समूह विजेताका रूपमा वुमेन्स साफ च्याम्पियनपिको सेमिफाइनलमा ।  

–नेपालद्वारा श्रीलंकालाई ६–० ले पराजित गर्दै यू–१७ साफ च्याम्पियनसिपको फाइनलमा ।  

–नेपाल यू–२० एसियाकप छनोटमा लगातार दोस्रो खेलमा पराजित । बहराइनमा भएको खेलमा नेपाल कतारसँग  २–१ ले पराजित ।  

–नेपाल खेलकुद पत्रकार मञ्चको २७ औं स्थापना दिवसको अवसरमा अग्रज पत्रकारिता पुरस्कार जयदेव गौत्तम र अनुज पत्रकार पुरस्कार गीता राई पुरस्कृत ।  

- यू–२० एएफसी एसियाकप छनोटको दोस्रो खेलमा नेपाल कतारसँग ३–१ ले पराजित ।

- यू १७ साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतद्वारा ४–० ले पराजित ।  

–  यू–२० एएफसी एसियाकप छनोटमा नेपाल बहराइनसँग ६–० ले पराजित ।  

–असोज ८ देखि सुरु हुने भनिएको नेपाल टी–ट्वान्टी सुरक्षाको कारण देखाएर स्थगित ।  

–असोज २८ देखि कार्तिक ३ सम्म हुने नवौं राष्ट्रिय खेलकुदको खेल स्थल टुंगो । गण्डकी प्रदेशका सात जिल्लामा प्रतियोगिता हुने  

–दीपक हमाल र जुनी राई प्रम उसु अवार्डमा उत्कृष्ट खेलाडी घोषित ।

- नेपालद्वारा वुमेन्स साफ च्याम्पियनसिप २०२२ को दोस्रो सेमिफाइनलमा भारत १–० ले पराजित र फाइनलमा प्रवेश । प्रतियोगिताकै इतिहासमा भारतमाथि पहिलो जित ।  

–नवौ राष्ट्रिय क्रिकेट अन्तर्गत पुरुषतर्फको स्वर्ण पुलिसलाई । आर्मीलाई रजत ।  

असोज :

- काठमाडौं महानगरपालिका १५ डल्लु आवास क्षेत्रमा बहुउद्देश्य कभर्ड हल ‘अर्थक्विक मेमोरियल मल्टि पर्पपोज हल’ को सिल्यान्यास ।

- एएफसी यू–२० एसियाकप छनोटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग  ३–० ले पराजित ।  

- वुमेन्स साफ च्याम्पियनसिप २०२२ को उपाधि बंगलादेशलाई । दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई ३–१ ले हराएको ।

–नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुमार थापाको राजीनामा ।  

–नेपाली महिला राष्ट्रियका तीन सदस्य पुनम जर्गामगर, दीपा राई र इन्दिरा राईको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा ।  

–प्रथम चन्द्रागिरी राष्ट्रिय ब्याडमिन्टमा एकल उपाधि नवीन श्रेष्ठ र रसिला महर्जनलाई ।  

–चितवन गोल्डकपको उपाधि आर्मीलाई ।  

- केकेएम एनआरटी खुला टेबल टेनिसको क्याडेज सिंग्ल्सको उपाधि एलेन महर्जन र इभाना थापालाई ।  

- बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय टिमको घोषणा ।  

–सहिद स्मारक लिग ‘सी’ डिभिजन ०७९ को छनोट सुरु ।  

–केकेएम एनआरटी खुला टेबल टेनिसको यू–१९ जुनियर सिंग्ल्सको उपाधि हिमाल विष्ट र वियङ्का राईलाई ।

- मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपालद्वारा बंगलादेश ३–१ ले पराजित । दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि अञ्जन विष्टको ह्याट्रिक  

- उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा नवौं राष्ट्रिय खेलकुदको उद्घाटन ।

मंसिर :

- साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपालकी सिर्जना घिसिङलाई ऐतिहासिक स्वर्ण । उनले ५२ केजी मुनि के–४४ क्याटगोरीमा विश्व नम्बर १ खेलाडी टर्कीकी मेर्येम बेटुललाई १२–० ले हराएको छ ।  

–नेपाली राष्ट्रिय टिमका प्रशिक्ष्ँकबाट मनोज प्रभाकरको राजीनामा ।  

पुस :

 -नेपाल टी–ट्वान्टी लिग सुरु ।  

- गृह मन्त्रालयले नेपाल टी–ट्वान्टीमा देएिको विवादबीच छानविन गर्ने निर्देशन ।  

- आहा रारा पोखरा गोल्डकपको उपाधि संकटालाई ।  

- पहिलो संस्करणको नेपाल टी–ट्वान्टीको उपाधि लुम्बिनी अल स्टार्सलाई ।  

- बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेश ।  

- प्रधानमन्त्रीकप महिला राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेट इटहरीमा सुरु । प्रतियोगितामा आठ टिमको सहभागिता ।

–बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने २० लाख रुपैंया धरौटी बुझ्यर थुना मुक्त ।  

माघ :

- बंगबन्धु सेख मुजिब ढाका म्याराथानमा पुष्पालाई स्वर्ण पदक ।  

–सहिद स्मारक लिग ए डिभिजन ०७९ को सुरुआती ५ चरणको खेल तालिका सार्वजनिक ।  

-  सुदूरपश्चिमलाई प्रधानमन्त्रीकप महिला राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेटको उपाधि ।  

–नेपाली राष्ट्रिय टिमका सदस्य अञ्जन विष्ट भारतको आई–लिग क्लब मुम्बई केन्क्रेमा अनुबन्धित ।

–अन्नपूर्ण आरसीटी खुल्ला फिडे रेटिङ चेसको उपाधि फिडे मास्टर रूपेश जैसवाललाई ।  

–दोस्रो राइट टु प्रोटिन रन हाफ म्याराथनमा पुरुषतर्फ एपीएफका दीपक अधिकारी र फुलमती राना विजयी ।  

- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको १९ औं संस्करण फागुन २३ मा हुने घोषणा ।  

–नेपाली टी–ट्वान्टीमा स्पट फिक्सिङको आरोपमा सीआईबीद्वारा महबुब आलम र आदिल अन्सारी पक्राउ ।  

-  नेपाल टी–ट्वान्टीमा स्पष्ट फिक्सिङ भएको सीआईबीको निस्कर्ष । (२०२३ जनवरी २४ मंगलबार)

- थाइल्यान्डमा भएको एएसबीसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा सुष्मा तामाङलाई ऐतिहासिक रजत पदक ।  

- आसिफ सेखलाई आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गर्ने घोषणा ।  

–नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टीका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसस“ग सम्झौता गर्नु गलत भएको स्विकार ।

–सेभेन थ्री स्पोर्टसले आफु फिक्सिङमा संलग्न नभएको दाबी ।

–सातौं वरीयताका दिनेश प्रजापतिलाई सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि ।  

- पोखरामा भएको तेस्रो टाइगरकप अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबलको पुरुषतर्फको उपाधि गण्डकी र महिलातर्फ एपीएफलाई उपाधि ।  

- नेपाली महिला राष्ट्रिय टिमको प्रशिक्षकमा अनन्त तामाङ नियुक्त । भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक नियुक्त ।

-नेपाल क्रिकेट संघ (क्यान) द्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा ।

–सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा महान्यायधिवक्ताको कार्यलयले निवेदन ।  

- एसियाली फुटबल महासंघ (एएफपी) को कार्यसमिति सदस्यमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङ निर्विरोध निर्वाचित ।

–यू–२० वुमेन्स साफ च्याम्पियनसिप खेल्न नेपाली टिम बंगलादेश प्रस्थान । मुख्य प्रशिक्षकमा यम गुरुङ ।

–नेपाल क्रिकेट संघ (क्यान) को पोखरामा बसेको बोर्ड बैठकले विभिन्न १३ निर्णय गरेको । पुरुष र महिला गरेर केन्द्रीय अनुबन्धका लागि ३० खेलाडीको सूची जारी ।

–यूएईमा हुने आईसीसी यू–१९ मेन्स विश्वकप एसिया छनोटका लागि कप्तानमा गुल्सन झा नियुक्त ।

–नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा राजीनामा । उनको स्थानमा केन्द्रिय सदस्य दुर्गाराज पाठकलाई जिम्मेवारी ।

- नामिबिया र स्कटल्यान्डविरुद्ध हुने विश्वकप लिग–टु त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षण लागि २० सदस्यीय टिम घोषणा । त्यसमा सन्दीप लामिछाने पनि परेको ।

–यूएईको फुजराहमा हुने १० औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपिमा सहभागी हुन २० सदस्यीय नेपाली टिम त्यसतर्फ प्रस्थान ।  

- यू–२० वुमेन्स साफ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित ।  

–सर्वोच्च अदालतले बलात्कारको आरोप लागेको सन्दीप लामिछानेको मुद्धामा कैफियत प्रतिवेदन माग ।

–नेपाली राष्ट्रिय टिमका सदस्य विशाल राई अष्ट्रेलिया पलायन ।  

- पाँचौं सम्झनाकप अन्तर्राष्ट्रिय टेबल टेनिसको एकल उपाधि विनेश खनिया र नविता श्रेष्ठलाई ।  

- यू–२० वुमेन्स साफ च्याम्पियनसिपमा नेपालद्वारा भुटान ४–० ले पराजित ।  

- नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा दुई वर्षका लागि मोन्टी देसाइ नियुक्त ।

 –राष्ट्रिय खेलकुद परिषदद्वारा नेपाल क्रिकेट संघ (क्यान) सँग स्पष्टिकरण माग ।  

- यू–२० वुमेन्स साफ च्याम्पिनयसपमा नेपालद्वारा भारत ३–१ ले पराजित ।  

–न्यु डाइमन्डलाई छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबलको उपाधि ।  

–डब्लूपीएलमा पाँच नेपाली खेलाडीको नाम दर्ता । तर अन्तिम सूचीमा कोही पनि परेनन् ।  

 –सहिद स्मारक लिग ए डिभिजन ०७९ का लागि विदेशी खेलाडीको कोटा थप ।  

- यू–२० वुमेन्स साफ च्याम्पियनसिपको ढाकामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित ।

–नामिबिया र स्कटल्यान्डविरुद्धको वल्र्डकप लिग डिभिजन–टुअन्तर्गत हुने त्रिकोणात्मक शृंखलाका लागि १४ सदस्यीय नेपाली टिम घोषित ।  

–बी डिभिजन चेसको उपाधि रूपेश जैसवाललाई ।  

- दोस्रो  कृष्णप्रसाद भट्टराई स्मृति करातेमानेपाल पुलिस टिम च्याम्पियन । पुलिसले १० स्वर्ण, २ रजत र ३ कांस्य जितेको ।

–आठौं प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीका राजन रोकायलाई ।   महिला हाफ म्याराथनमा पुलिसका राजपुरा प्रछाई पहिलो ।  

–इटहरीमा भएको प्रथम मुख्यमन्त्रीकप राष्ट्रिय ¥योकिङ खुला ब्याडमिन्टमा पुरुषतर्फ प्रिन्स दाहाल र महिलातर्फ जेसिका गुरुङ  

फागुन :

- भारतविरुद्ध दुई वुमेन्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली चेन्नाइतर्फ ।  

- आईसीसी मेन्स वल्र्डकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलामा नेपालद्वारा नामिबिया दुई विकेटले पराजित ।  

–साफ च्याम्पियनसिपको नयाँ संस्करण सन् २०२३ मा भारतमा गर्ने निर्णय ।  

- नेपाल र भारतबीचको पहिलो वुमेन्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल २–२ को बराबरीमा टुंगेको ।  

 -आईसीसी मेन्स वल्र्डकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलामा नेपालद्वारा स्कटल्यान्ड तीन विकेटले पराजित ।  

- नेपाल र भारतबीचको दोस्रो वुमेन्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहितको बराबरीमा टुंगेको ।

– आईसीसी मेन्स वल्र्डकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलामा नेपालद्वारा नामिबिया तीन विकेटले पराजित गर्दै ।  

- पुलिसका प्रिन्स दाहालालाई १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टनको पुरुष एकलको उपाधि । महिलातर्फको उपाधि आर्मीकी अनुमाया राईलाई ।  

- आईसीसी मेन्स वल्र्डकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलामा नेपालद्वारा स्कटल्यान्ड दुई विकेटले पराजित । शृंखलामा नेपालको क्लिन स्विप ।  

-पाँचौं सहिद स्मृति स्थानीय तह फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दीलाई ।  

–नेपाली टी–ट्वान्टीमा स्पट फिक्सिङ गरेको आरोपमा पक्राउ गरेका आदिल आलम र महबुब आल तीन लाख धरौटी बुझाएर थुनामुक्त ।

- नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–टुको यूएईमा हुने त्रिकोणात्मक शृङ्खलाका लागि सन्दीप लामिछाने विनाको १५ सदस्यीय टिम घोषणा ।

- नेपाली नम्बर १ प्रो शुक्रबहादुर राईलाई सूर्य नेपाल गल्फ टुरको चौथो स्पर्धा वेस्टर्न ओपनको उपाधि ।  

–नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा सिंगापुरलाई ९६ रनले पराजित गरेको छ ।  

–सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिन नमिल्ने आदेश ।  

- आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा नेपालद्वारा कुवेत २ सय ४३ रनले पराजित ।  

–बागमती प्रदेश न्यु डाइमन्ड कप यू–१८ को उपाधि आयोजक न्यु डाइमन्ड स्पोर्टस क्बललाई ।  

- नेपाल यू–१९ विश्वकपका लागि छनोट । निर्णायक खेलमा नेपालले यूएईलाई ७ रन हराएर आईसीसी यू–१९ विश्वकप एसिया छनोट जितेको ।  

- सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० सुरु । डबल राउन्ड रोबिनको आधारमा १४ टिमले प्रतिस्पर्धा गर्नेछ ।

–एएफसी यू–२० वुमेन्स एसियाकप छनोटका लागि प्रशिक्षक यम गुरुङद्वारा नेपाली टिमको घोषणा ।  

–एभिनियर एफसी क्यामरुनलाई २३ औं संस्करणको बुढा सुब्बा गोल्डकपको उपाधि ।  

–सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) महिला भलिबल च्यालेन्जकप नेपालमा हुने । नेपाल भलिबल संघ र काभाबीच सम्झौता ।  

-एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड ०७८ मा अञ्जन विष्ट र अरुणा शाही उत्कृष्ट वर्ष खेलाडी घोषित । मनीष डाँगी वर्ष युवा खेलाडी, अब्दुल्लाह अल्मुताइरी वर्षका प्रशिक्षक घोषित । उषा भण्डारी पिपुल्स च्वाइस अवार्ड । रघु वन्तलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड । पलेशा गोवर्धन उत्कृष्ट पारा एथलेट ।

–एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालका दीपक अधिकारलाई ऐतिहासिक स्वर्ण ।  

- एएफसी यू–२० वुमेन्स एसियाकप छनोटमा नेपालद्वारा प्यालेस्टाइन ७–० ले पराजित ।  

- आईसीसी विश्वकप क्रिकेट लिग–टुको अन्तिम त्रिकोणात्मक शृंखलामा नेपालद्वारा पपुवा न्युगिनी ५२ रनले पराजित ।  

- आईसीसी विश्वकप क्रिकेट लिग–टुको अन्तिम त्रिकोणात्मक शृंखलामा नेपालद्वारा पपुवा न्युगिनी नौ विकेटले पराजित ।  

–पुलिसका संयोग कपाली र नवीता श्रेष्ठ १२ औं पूण्यमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिसयमा च्याम्पियन ।  

- अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष राष्ट्रिय टिमको प्रशिक्षकका रूपमा इटालीका भिन्सेन्जो अल्बर्टो सार्वजनिक ।  

चैत :

- आईसीसी मेन्स क्रिकेट वल्र्डकप लिग–टुको अन्तिम खेलमा नेपालद्वारा यूएई डकवर्थ लेविस नियम अनुसार नौ रनले पराजित । सिधै ग्लोबल छनोट खेल्ने  

- सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि नम्बर १ खेलाडी शुक्रबहादुर राईलाई । २ अन्डर ७० को प्रदर्शन ।  

- साफ यू–१७ वुमेन्स च्याम्पियनसिपको ढाकामा भएको खेलमा नेपाल भारतसँग ४–१ ले पराजित ।  

- थ्री नेसन्स कपका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोद्वारा २३ सदस्यीय टिम घोषित ।  

- थ्री नेसन्सकपमा नेपालद्वारा दशरथ रंगशालामा भएको खेलमा लाओस २–० ले पराजित ।

–साफ यू–१७ वुमेन्स च्याम्पियनसिपको ढाकामा भएको खेलमा नेपालद्वारा भुटान ५–० ले पराजित ।

–नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी तथा प्रशिक्षक डम्बरसिं गुरुङको ह्दयघातले ७२ वर्षको उमेरमा पोखरमा निधन ।  

- सुजल श्रेष्ठद्वारा नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलबाट सन्सासको घोषणा र अष्ट्रेलिया प्रस्थान ।

–तेस्रो वुमेन्स ललितपुर मेयर्सकप ट्वान्टी ट्वान्टी । चार टिमका सहभागिता ।  

–२२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्र्याङदीलाई ।  

–१३ औं संस्करणको इटहरि गोल्डकपको उपाधि सगरमाथा युथलाई ।  

–आर्मीका मुकेश पाल र पुलिसकी राजपुरा पछाईलाई चौथो वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि ।  

- साफ यू–१७ वुमेन्स च्याम्पियनसिपको ढाकामा भएको खेलमा नेपाल रुससँग ३–० ले पराजित ।

–नेपाल कराते महासंघको अध्यषमा युवराज लामा निर्विरोध चिर्वाचित ।  

- एलडीबीए थ्री बाइ थ्री खुला पुरुष बास्केटबलको उपाधि आर्मी ‘बी’ लाई ।  

–बलात्कारको आरोप लागेका सन्दीप लामिछानेमाथिको अन्तिम सुनुवाइ स्थगित ।  

- थ्री नेसन्स कपमा नेपाल र भुटानको १–१ को बराबरी ।

–साफ यू–१७ वुमेन्स च्याम्पियनसिपको ढाकामा भएको खेलमा नेपाल र बंगलादेशको १–१ को बराबरी  

- तेस्रो वुमेन्स ललितपुर मेयर्सकप ट्वान्टी ट्वान्टीको उपाधि एपीएफलाई । उपाधिमाथि एपीएफको ह्याट्रिक ।  

–सातौं विराट गोल्डकपको उपाधि विराटनगर सिटी एफसीलाई ।  

- थ्री नेसन्स कपको उपाधि नेपाललाई । दशरथ रंगशालामा भएको फाइनलमा नेपालद्वारा लाओस २–१ ले पराजित । आयुष घलान उत्कृष्ट खेलाडी घोषित ।

– सूर्य नेपाल गल्फ टुरको प्रो उपाधि सद्भाव आचार्यलाई ।  

–पेरिस ओलम्पिक छनोट पहिलो चरणमा भियतनामविरुद्ध हुने खेलका लागि प्रशिक्षक अनन्त थापाद्वारा २२ सदस्यीय टिम घोषित ।  

-छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टारलाई ।  

–१३ औं जीतपुर सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइजलाई ।  

–पोखरामा भएको एसियाकप ट्राइथलनपकको उपाधि पुरुषतर्फ लक्जेम्बर्गका बब हेलर र महिलातर्फ स्लोभाकियाकी मारगेटा बिकानोभालाई । दक्षिण एसियाली च्याम्पियनसिपमा नेपाललाई एक रजत र दुई कांस्य । श्रेवी महर्जनले सिनियरमा कांस्य र युनियरमा रजत जितेको । वसन्त थारुले सिनियरमा कांस्य जितेको ।  

- ओलम्पिक छनोटको पहिलो खेलमा नेपाल भियतनामसँग ५-१ र दोस्रो खेलमा २-० ले पराजित ।

-चीनमा आयोजना हुने १९ औं एसियाली खेलकुदका लागि बैशाखबाट खेलाडीको विशेष प्रशिक्षण सुरु हुने घोषणा ।

- भारतको हिरो इन्डियन वुमन्स लिग खेल्न राष्ट्रिय महिला फुटबल टिमका कप्तान तथा गोलकिपर एन्जिला सुब्बा, फरवार्ड सावित्रा भण्डारी, मिडफिल्डर सरु लिम्बु र रेनुका नगरकोटी प्रस्थान  ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
आइपिएलमा १४ वर्षे वैभवको आगमन
आइपिएलमा १४ वर्षे वैभवको आगमन
बाउन्ड्रीमा सिद्धान्त !
बाउन्ड्रीमा सिद्धान्त !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारत र पाकिस्तानबीचको तनावले आइपिएल स्थगित
भारत र पाकिस्तानबीचको तनावले आइपिएल स्थगित
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP