एनआरटीले गाईघाट एफसीलाई हरायो
शुक्रबार, ०१ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं । एन्फा वुमन्स च्याम्पियनसिपमा न्युरोड टिम एनआरटीले गाईघाट एफसीलाई २–० ले हराएको छ ।
उदयपुरको गाईघाटमा शुक्रबार सुरु भएको प्रतियोगितामा एनआरटीले मोफसलको टिममाथि सहज जित निकालेको हो ।
एनआरटीको जितमा प्रतिक्षा ठकुरीले पहिलो हाफको इन्जुरी समयमा र सुशीला केसीले ७९ औं मिनेटमा गोल गरेका थिए ।
प्रतिक्षा खेलको प्लेयर अफ दी म्याच घोषित भईन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबलको नयाँ कार्यक्रमको रुपमा च्याम्पियनसिप सञ्चालनमा ल्याएको हो ।
#anfaleagueanfawomensfootballwomensnepalwomens











