आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

ओलावालेको ह्याट्रिकमा मछिन्द्रको फराकिलो जित

मंगलबार, २८ चैत्र २०७९खेलपाटी संवाददाता
ओलावालेको ह्याट्रिकमा मछिन्द्रको फराकिलो जित
Classic Tech Internet Ad

काठमाडौं ।  साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा फराकिलो जित निकालेको छ ।

च्यासल मैदानमा मंगलबार मछिन्द्रले एफसी खुमलटारलाई ७-३ गोलको फराकिलो जित निकालेको हो ।

मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिकसहित ५ गोल गरे ।  विमल घर्ति मगर र विजय भुजेलले एक एक गोल थपे।

खुमलटारका मेसुके ओलुमोउले दुई तथा स्टेफेन बिनोङले एक गोल फर्काए ।

जारी लिगकै सर्वाधिक गोल भएको खेलमा ओलावालेले २५ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए ।

२९ औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दा मछिन्द्र २-० ले अघि रह्यो ।

May be an image of 3 people, people playing football and people playing soccer

पहिलो हाफको इन्जुरी समयमा विमलले गोल गर्दै मछिन्द्रलाई तेब्बर अग्रता दिलाए ।

५६ औं मिनेटमा ओलावालेले ह्याट्रिक पूरा गर्दा मछिन्द्र ४-० ले अघि रह्यो ।

नाइजेरियन स्ट्राइकर ओलावाले जारी लिगमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बने ।

ओलावाले ८ गोल पूरा गर्दै लिगको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् ।

खेलको ६१ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई ४-१ को स्थितिमा ल्याए ।

६२ औं मिनेटमा ओलावालेले चौंथो गोल गर्दै मछिन्द्रलाई ५-१ को अग्रता दिलाए ।

खेलको ६७ औं मिनेटमा ओलावालेले व्यक्तिगत पाँचौं गोल गर्दा मछिन्द्र ६-१ ले अघि रह्यो ।

७६ औं मिनेटमा स्टेफेनले गोल गर्दा खुमलटार ६-२ को स्थितिमा रह्यो ।

May be an image of 6 people and people playing soccer

खेलको ८१ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई ६-३ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा विजयले गोल गर्दा मछिन्द्र ७-३ ले विजयी भयो ।

मछिन्द्रको यो तेस्रो जित हो । मछिन्द्रले ८ खेलमा १२ अंक जोडेको छ ।

मछिन्द्र छैटौं स्थानमा उक्लिएको छ ।

खुमलटारको यो पाँचौं हार हो ।

 दशौँ स्थानको  खुमलटारले ८ खेलमा ७ अंक जोडेको छ ।

Bajaj Pulsar Motorcycle Ad
ओलावालेको ह्याट्रिकमा मछिन्द्रको फराकिलो जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

Bajaj Pulsar Motorcycle Ad
नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी