मंगलबार, १५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ : बागमती र एपीएफ च्याम्पियन

शनिबार, २५ चैत्र २०७९खेलपाटी संवाददाता
वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ : बागमती र एपीएफ च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । बागमती प्रदेश र नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । बागमती पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगितामा बागमती १ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बन्यो । ६ स्पर्धा समावेश पुरुषतर्फ एपीएफ, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल प्रहरी र लुम्बिनीले पनि समान १–१ स्वर्ण जिते । बागमती रजतका आधारमा पहिलो भएको हो । एपीएफले स्वर्ण बाहेक २ रजत र १ कांस्य जितेको थियो ।

महिलामा पनि ६ वटै स्पर्धामा भिडन्त भएकोमा एपीएफले ३ स्वर्ण, १ रजत र १ कांस्य जित्दै टिम च्याम्पियनको ट्रफी चुम्यो । बागमतीले २ स्वर्ण तथा प्रहरीले १ स्वर्ण हात पारे ।

वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रविन थापा उत्कृष्ट खेलाडी घोषित भए । महिलामा आइबा विश्व बक्सिङ च्याम्पियनसिपमा दुई ‘बाउट’ जितेर नेपाली बक्सिङमा इतिहास रचेकी अन्जनी तेली उत्कृष्ट खेलाडी चुनिइन् । बागमतीकाद्वयले उत्कृष्ट भएवापत समान २५–२५ हजार नगद पुरस्कार पाए । रविन र अन्जनी आ–आफ्नो स्पर्धाका स्वर्ण विजेता हुन् ।

प्रतियोगिताको अन्तिम दिन १२ वटै स्वर्णको छिनोफानो भएकोमा पुरुष ५१ केजी तौलसमूह फाइनलमा रविन थापाले फाइनलमा एपीएफका आश तामाङलाई पराजित गरे । ५७ केजीमा कोशीका सुरेन्द्र राई पहिलो भए । उनले फाइनलमा बागमतीका शुलभ मालीलाई हराए । ६३.५ केजीमा साग स्वर्णधारी प्रहरीका भूपेन्द्र थापा पहिलो भए । उनले फाइनलमा एपीएफका सोनाम सार्कीलाई पाखा लगाए । ७१ केजी फाइनलमा सुदूरपश्चिमका भरत चन्दले कोशीका प्रशान्त दाहालमाथि जित रच्दै शीर्ष स्थानमा रहे । ८० केजीमा लुम्बिनीका हेमराज रावलले बाजी मारे । उनले फाइनलमा बागमतीका मनोज तामाङको चुनौती पन्छाए । ९२ केजी फाइनलमा एपीएफका रविन नेपालले बागमतीका उमङ महर्जनलाई हराउदै स्वर्ण चुमे ।

महिला ५० केजीमा एएसबीसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा रजत जित्दै इतिहास कायम गरेकी बागमतीकी सुष्मा तामाङ पहिलो भइन् । सुष्माले फाइनलमा मधेश प्रदेशकी अस्मिता दुवाललाई निराश पारिन् । ५४ केजीमा बागमतीकी एन्जनी तेलीले फाइनलमा एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै पहिलो बनिन् । ५७ केजीमा प्रहरीकी निशा तामाङले स्वर्ण जित्न बागमतीकी पेमा शेर्पालाई पाखा लगाइन् । ६० केजीमा एपीएफकी संगिता सुनुवारले पहिलो स्थान कब्जा गरिन् । संगिताले फाइनलमा बागमतीकी हेमा राईलाई पाखा लगाइन् ।

महिला ६६ केजीमा एपीएफकी विनिता थापा मगर तथा ७५ केजीमा एपीएफकी सरस्वती राना मगरले पहिलो स्थान हात पारे । विनिताले बागमतीकी निश्मा गुरुङ तथा सरस्वतीले कोशीकी त्रिशा जबेगुलाई फाइनलमा पन्छाए । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र ७.५–७.५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, आयोजक गणेशमान सिंह स्पोर्ट्स समितिका संयोजक सन्जिव तुलाधर, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव कुमार बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा भएको पाँचदिने प्रतियोगितामा पुरुष÷महिलामा समान ५४–५४ गरी १ सय ८ खेलाडीले सहभागिता जनाएको आयोजक समितिका सदस्य राजन खत्रीले जनाएका छन् ।

Loading ad...
LiNing Ad
वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ : बागमती र एपीएफ च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने

उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच