शुक्रबार, ०२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
Bhat Bhateni Supermarket Ad

बब र मारगारेटालाई एशिया ट्राईयाथलनको उपाधि

शनिबार, १८ चैत्र २०७९खेलपाटी संवाददाता
बब र मारगारेटालाई एशिया ट्राईयाथलनको उपाधि
mustang rice ad

काठमाडौं । एशिया कप ट्राईयाथलन कपको उपाधि पुरुषतर्फ लक्जम्बर्गका बब हेलर र महिलातर्फ स्लोभाकियाकी मारगेटा बिकानोभाले हात पारेका छन् ।

पोखरामा शनिबार ७५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ कि.मी. दौड दुरी बबले ५५ मिनट ५५ सेकेन्डमा र मागरगेटाले १ घन्टा ४ मिनट ५१ सेकेन्ड समयका साथ पूरा गर्दै उपाधि जितेका हुन् ।

नेपाल ट्राईयाथलन संघको आयोजनमा भएको २०२३ एशिया ट्राइयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत भएको प्रतियोगिताको एशिया कपतर्फ दोश्रो स्थानमा पुरुष तर्फ उज्वेक्सितानका एलेक्जेन्डर कुरिसोभले उक्त दुरी ५५ मिनट ५७ सेकेन्ड र तेश्रो स्थानमा रहेका लक्जम्बर्गका स्टेफान जाकोसले ५६ मिनट ०१ सेकेन्डमा पूरा गरे । चौथो स्थानमा रहेका जापानका क्योतारो याशिकावाले ५६ मिनट ०९ सेकेन्ड र पाँचौ स्थानमा रहेका न्युजिल्याण्डका ओलीभर लारकोम्बेले ५७ मिनट ५८ सेकेन्ड समयका साथ दुरी पूरा गरे ।

महिला तर्फ जापानकी मिनोरी इकेनो र चिसातो नाकाजिमाले दोश्रो र तेश्रो स्थान प्राप्त गरे । मिनोरीले १ घन्टा ५ मिनट १८ सेकेन्डमा र चिसातोले १ घन्टा ५ मिनट ३० सेकेन्डमा दुरी पुरा गरे । चौथो स्थानमा रोमानियाकी एन्तोनेला मानाक र पाँचौ स्थानमा जापानकी युका सातो रहे । मानाकले १ घन्टा ६ मिनट ४ सेकेन्ड र सातोले १ घन्टा ७ मिनट ३७ सेकेन्डमा दुरी पुरा गरे ।

बिश्व ट्राइयाथलन महासंघको नियम बमोजिम घोषित कुल पुरस्कार रासी मध्ये पहिलोले ३० प्रतिशत, दोश्रोले २५ प्रतिशत, तेश्रोले २० प्रतिशत, चौथोले १५ प्रतिशत र पाँचौले १० प्रतिशत रकम प्राप्त गर्नेछ । त्यसै अनुरुप घोषित कुल ४२ सय डलरबाट शिर्ष तीनले  ६३० डलर, ५२५ डलर र ४२० डलर प्राप्त गरे । यसका साथै विजयीले मेडल र प्रमाण पत्र प्राप्त गरे । चौथो स्थान प्राप्त खेलाडीले ३१५ डलर र पाँचौ स्थानका खेलाडीले २१० डलर सहित मेडल र प्रमाण  पत्र प्राप्त गरे ।

सोही प्रतियोगिता अन्तरगत भएको दक्षिण एशियन च्याम्पियनसिपमाको ट्राईयाथलन तर्फ भारतका आदर्श मुरलीधरण नायर सिनिमोलले आफ्ना प्रतिद्वन्दिलाई पछि पार्दै उपाधी उचाले । उनले निर्धारित दुरी १ घन्टा ४ मिनट १६ सेकेन्डमा पुरा गरे । यस्तै दोश्रो स्थानमा रहेका भारतकै बिश्वनाथ यादवले १ घन्टा ६ मिनट २५ सेकेन्ड र तेश्रो स्थानमा रहेका नेपालका बशन्त थारुले १ घन्टा ६ मिनट ५२ सेकेन्डमा दुरी पुरा गरे । महिला तर्फ पूर्व विजेता भारतकी प्रज्ञा मोहनले १ घन्टा १२ मिनट समयका साथ प्रथम स्थान प्राप्त गर्दा भारतकै मान्सी मोहितेले १ घन्टा १३ मिनट ४६ सेकेन्ड समयका साथ दोश्रो स्थान प्राप्त गरिन् । तेश्रो स्थानमा नेपालकी श्रेवी महर्जनले १ घन्टा १८ मिनटमा दुरी पुरा गरिन् ।

दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत जुनियर ट्राईथलनमा भारतले एकलौटी पा¥यो । भारतका खुन्द्रकपाम नगन्बा मैतेले निर्धारित दुरी १ घन्टा २ मिनट ४६ सेकेन्ड समयका साथ पुरा गर्दै पहिलो, पार्थ मिराज १ घन्टा ६ मिनट ४२ सेकेन्ड समयका साथ दोश्रो र श्रीदथ सुधिर १ घन्टा १० मिनट २६ सेकेन्ड समयका साथ तेश्रो भए । महिला तर्फ भारतकी संजना सुनिल जोशी १ घन्टा १२ मिनट २१ सेकेन्डका साथ पहिलो, नेपालकी श्रेवी महर्जन १ घन्टा १८ मिनटका सथा दोश्रो र भारतकी देवकी शर्मा १ घन्टा २७ मिनट ८ सेकेन्डका साथ तेश्रो भए ।

राष्ट्रियतर्फ पुरुषमा बशन्त थारु, दिपेश चौधरी र मुकेश चौधरी क्रमश पहिलो, दोश्रो र तेश्रो भए । बशन्तले १ घन्टा, ६ मिनट, ५२ सेकेन्ड, दिपेशले १ घन्टा, ९ मिनट, १७ सेकेन्ड र मुकेशले १ घन्टा १० मिनट ४४ सेकेन्ड समयका साथ दुरी पुरा गरे । महिला तर्फ श्रेवी महर्जन प्रथम भईन् । दोश्रो स्थानमा रहेकी केशरी थापा मगरले निर्धारित दुरी १ घन्टा ३२ मिनट ३१ सेकेन्ड समयमा पुरा गरिन् ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी गण्डकी प्रदेश साँसद प्रकास बराल, पूर्व साँसद दीपक कोईराला, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, महासचिव युवराज सुनुवार, टेक्निकल डेलिगेट प्रभाकर, पुर्व दक्षिण एशिया च्याम्पियनसिपकी बिजेता एवं भारती प्रशिक्षक पुजा चौरसिया लगायतले पुरस्कार वितण गरेका थिए ।

फेवातालमा आयोजना हुने प्रतियोगितामा पुरुष तर्फ नेपाल सहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरि ४३ खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् । यस्तै महिला तर्फ जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अलजेरिया, भारत र नेपालका गरि १५ खेलाडीले उपाधीका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको दुवाथलन विधाको प्रतिस्पर्धा आईतबार बिहान ठिक ७ बजे हुनेछ ।

LiNing Ad
बब र मारगारेटालाई एशिया ट्राईयाथलन कपको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

Bajaj Pulsar Motorcycle Ad
क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

'कुमार'ले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

'कुमार'ले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

७ वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपालको जित

७ वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपालको जित

मधेशको सुखद् अन्त्य

मधेशको सुखद् अन्त्य

पथरी ११ का दुई खेलाडी राष्ट्रिय लिगमा

पथरी ११ का दुई खेलाडी राष्ट्रिय लिगमा

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो